भाइरल पोष्ट,लालबन्दी ।।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा केही समय अगाडी प्रकाशित गरेको छ ।
परीक्षाको नतिजा बोर्डको वेबसाइटमा गएर हेर्न सकिनेछ । परीक्षाफल ग्रेडिङ पद्धतीअनुसार प्रकाशन गरिएको हो । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन गरिनेछ । १२ कक्षाको परीक्षामा ४ हजार १७९ परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जिपिए ल्याएका छन् भने ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थी ३० हजार १०७ रहेका छन ।
ननग्रेडेड परीक्षार्थीको संख्या भने १ लाख ८८ हजार ४१० रहेको छ । २ विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउनेछन् । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।