भाईरल पोष्ट, चक्रघट्टा ।। चुनावको मिति घोषणासँगै जिल्लामा पनि दलहरुले चुनावी अभियान चलाउन थालेका छन् ।
जिल्लाका प्रमुख दलहरुले ठाउँठाउँमा चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमहरु धमाधम गर्न थालेका हुन् ।
यसैक्रममा आईतबार नेकपा एमाले सर्लाहीले जिल्लाको चक्रघट्टामा चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले मधेश प्रदेश कमिटि उपाध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रमका अवसरमा चक्रघट्टाका दर्जनौं व्यक्तिहरु अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई प्रमुख अतिथी पन्त, संविधान सभा सदस्य हरि उप्रेती, जिल्ला अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुर प्याकुरेल लगायतले अबीर टिका लगाई एमालेमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा एमाले नेताहरु कौशलकिशोर राय, जिल्ला सचिव केदार खत्री, जिल्ला कमिटी सदस्य सुनिल श्रेष्ठ, विजय पुलामी, कृष्ण पुलामी, विद्यार्थी नेता सन्दीप थापा, रोशन दाहाल लगायतको उपस्थिति रहेको थियो ।