भाईरल पोष्ट, बरहथवा ।। ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवको सरुवा भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दरबन्दी रहि १० महिना अघि ईलाका प्रहरी कार्यालय बरहथवामा काज सरुवा भएर आउनुभएका यादवको मधेस प्रहरी गण जनकपुरमा काजमै सरुवा भएको हो ।
ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख समेत रहनु भएका डिएसपी यादवलाई आइतबार स्थानीय तहका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीयबासीले सम्मानका साथ फुलमाल र खाँदा ओढाएर बिदाई गरेका छन् । उहाँको स्थानमा मधेस प्रहरी गण जनकपुरबाट डिएसपी मकेन्द्र मिश्र काज सरुवा भई ईलाका प्रहरी कार्यालय बरहथवामा आउनुभएको छ ।
डिएसपी यादवको बिदामा संविधानसभा सदस्य हरि उप्रेती, बरहथवा नगरपालिका उपमेयर रामबाबु साह, उद्योग बाणिज्य संघ बरहथवाका अध्यक्ष रामबाबु साह लगायतको सहगागीता रहेको थियो ।