भाइरल पोष्ट,धनुषा ।। निरन्तर संगठन बिस्तार अभियान अन्तर्गत बहुजन एकता पार्टी नेपालले धनुषा जिल्लाको सबैला नगरपालिका वडा न ११ मा आज बिहान संगठन निर्माण गरेको छ
।
पाटीले ज्ञान चन्द महराको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसमा उपाध्यक्ष रन्जु कुमारी महरा ,सचिब गिता देबि महरा,कोषाध्यक्ष चुन चुन देबि राम,सदस्य राम जुन महरा लगायत छ्नोट गरेको छ । विभिन्न स्थानीय तहहरुमा आयोजित संगठन बिस्तार,निर्माण एवं सुदृढीकरण अभियान कार्यक्रमको माध्यमबाट पार्टीले आफ्ना बिचारधारा एवं नितिहरु बारे जनस्तरमा प्रशिक्षण समेत दिइरहेको छ । धनुषामा संचालित कार्यक्रम व्यवस्थित बनाउन नेता एवं कार्यकर्ताहरु पुरै उमंगका साथ गाउँ गाउँ पसेका छन । धनुषा जिल्लामा पार्टीको तर्फ बाट वरिष्ठ नेता एवं राष्ट्रिय संगठन प्रभारी राजाराम पासवान मैदानमा हुनुहुन्छ । महिला नेतृ एवं चर्चित वक्ता प्रमिला सदा,बुधनी देवि राम एवं केन्द्रिय सहमहासचिब दुर्गाराम विश्वकर्मा लगयतका नेताहरु धनुषामा बहुजन पार्टी समाजको निर्माणमा दिनरात मेहनत गरिरहेका छन ।
निरन्तर संगठन विस्तार अभियान अन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथीको आसन ग्र्हण संबोधन गर्नुहुदै राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानले दलित बहुजन र अन्य मनुवादी पार्टीहरुमा जति सुकै मेहनत गरे पनि शासक बन्न न सक्ने भन्दै त्यो मेहनत बहुजन मुवमेन्टमा गरे समाजमा राजा बन्ने निश्चित भएको हुँदा सबैलाई बहुजन मुवमेन्टमा एकजुट हुन आग्रह गर्नुभएको छ । वहाँले भन्नुभया दलित,महिला एवं अल्पसंख्यक माथी अन्याय अत्याचार हुँदा दलित अल्पसंख्यक नेताहरु आफ्नै पार्टीको सरकार र मन्त्रीहरूलाई ज्ञापन दिन जान्छन कि भिक्षा लिन ? तैपनि उक्त पार्टीहरुले आफ्ना दलित नेताहरुलाई टेर्दैनन यस्तै निरीह राजनीति गर्ने हो भने राजनीति नै किन गर्नु ??भनी प्रश्न समेत गर्नुभयो ।
नेता प्रमिला सदाले तलबको लागि कुनै पार्टीको गुलाम नेता बन्नु भन्दा मजदुरी गरेर खानु उतम हो भन्दै पार्टीहरुको दया मायामा टिकेर कहिलेकाहीँ टिके सांसद बिधायक बनाएर बधुँवा मजदुर किन बन्नु भन्दै सदाले दलित अल्पसंख्यक नेताहरुलाई बहुजन एकता पार्टी नेपालमा जुडेर समाजको राजनीति गर्न अपिल गर्नु भएको थियो ।