भाईरल पोष्ट, हरिपूर्वा ।। सर्लाहीको हरिपुर्वामा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की शौचालय भवन हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र सर्लाहील सो नगरपालिकाको वडा नम्बर ३ धनकौलमा रहेको राष्ट्रिय आधारभूत विद्यालयलाईे बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की शौचालय भवन हस्तान्तरण गरेको हो ।
समाजसेवी एवम् शिक्षाप्रेमी हरिपूर्वा नगरपालिकाका मेयर विनोद कुमार साहको प्रमुख आतिथ्यतामा विद्यालयमै एक भव्य कार्यक्रमको अयोजना गरी केन्द्रले नवनिर्मित शौचालय भवन हस्तान्तरण गरेको थियो । मेयर साहले नै शौचालय भवनको शिलापत्र अनावरण गर्नुहुँदै शौचालय भवन विद्यालयलाई सुम्पिनुभएको थियो ।
अष्ट्रेलियन एड, ह्यान्डी क्याप इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, वल्र्ड एजुकेशन, वल्र्ड भिजनको समन्वय तथा सहयोगमा विद्यालयलाई पक्की शौचालय हस्तान्तरण गरिएको हरिपुर्वा नगरपालिकाले जनाएको छ ।
विद्यालयमा १३ लाख ७४ हजार, २१ रुपैयाको लागतमा २०७८ फागुन ३ गते देखि निर्माण कार्य सुरु भएको थियो । बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की शौचालय भवन निर्माणको कार्य गत असार १६ गते नै सम्पन्न भए भएको थियो । निर्माण सम्पन्न भएको शौचालय बिहीबार एक कार्यक्रम गरी विद्यालयलाई हस्तान्तरण गरिएको राष्ट्रिय रोजगार प्रवर्धन केन्दका संरक्षक संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।
संयोजक साहका अनुसार राष्ट्रिय रोजगार प्रवर्धन केन्दले यस अघि पनिस जिल्लाको चन्द्रनगर, ब्रह्म्पुरी, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा करोडौंको लगानीमा पक्की विद्यालय भवन तथा शौचालय निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।