भाईरल पोष्ट, हरिपूर्वा ।। सर्लाहीको हरिपूर्वा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बसन्त न्यौपाने हाजिर हुनुभएको छ । उहाँलाई नगर प्रमुख विनोद कुमार साहले अबीर माला लगाई नगरपालिकामा भव्य स्वागत गर्नुभएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत न्यौपाने बिहीबार हरिपूर्वा नगरपालिकामा हाजिर हुनुभएको हो । उहाँले बिहीबारै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ ।
यहाँका प्रमुख निवर्तमान प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल सरुवा अन्यत्र जानुभएपछि उहाँको स्थानमा न्यौपाने हाजिर हुनुभएको नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारले जानकारी दिनुभयो ।
प्रशासकीय अधिकृत परियारका अनुसार नयाँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई बिहीबार नगरपालिकाको कार्यालयमा मेयर विनोद कुमार साह, उपमेयर सुमिन्त्रा देवी ग्वारनी, विभिन्न वडाका वडाअध्यक्ष, नगरपालिकाका कर्मचारीहरुले भव्य स्वागत गर्नुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत न्यापानेलाई स्वागत गर्नुहुँदै नगरप्रमुख विनोद कुमार साहले आफ्नो कुशल कार्यक्षमता मार्फत उत्कृष्ट कार्यसम्पादन गरी हरिपूर्वावासीको मन जित्न शुभकामना दिनुभयो । उहाँले जनप्रतिनिधिको सफलता नै कर्मचारीमा निहित हुनेभएकोले प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुले कुशलता पूर्वक काम गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।