सोम दियाली, लालबन्दी ।। ‘जनतासँग काँग्रेस’ अभियान शुक्रबारदेखि सर्लाहीमा पनि सुरु हुने भएको छ । आगामी मंसीर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी काँग्रेसको विचार घरघरमा पु¥याउने उदेश्यका साथ काँग्रेसले ‘जनतासँग काँग्रेस’ अभियान सुरु गर्न लागेको हो ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले भाद्र १० गतेबाट देशभरका ७७ ओटै जिल्लाबाट एकसाथ अभियान सुरु गर्न लागेको छ । केन्द्रको निर्णय अनुसार नै सर्लाहीमा पनि सो अभियान शुक्रबार तामझामका साथ सुरु गर्न लागिएको नेपाली काँग्रेस सर्लाहीले जनाएको छ ।
अभियानको शुभारम्भ सरदमुकाम मलंगवा स्थित कुशुम पार्टी प्यालेसमा शुक्रबार दिउसो १२ बजे एक भव्य कार्यक्रम गरी गरिने नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका सचिव निरज कार्कीले एक सूचना जारी गर्दै जानकारी गराउनुभएको छ ।
सचिव कार्कीले जारी गर्नुभएको सूचना अनुसार अभियानको शुभारम्भ कार्यक्रममा जिल्लाभित्रका सम्पूर्ण तहगत समितिका पूर्व तथा वर्तमान पदाधिकारी, सदस्यहरु, पूर्व केन्द्रीय सदस्यहरु, भातृ तथा शुभेच्छुक संघका पूर्व तथा वर्तमान पदाधिकारीहरु, विभिन्न तहका जनप्रतिनिधि तथा प्रत्यासीहरु, क्षेत्रीय प्रतिनिधिलगायत आम क्रियाशील सदस्यहरुको सहभागिता रहनेछ ।
नेपाली काँग्रेसले समय समयमा यस्ता अभियानहरु सञ्चालन गर्ने गरेको छ । उसले केही वर्ष अघि पनि ‘काँग्रेस जागरण’ अभियान सञ्चालन गरी काँग्रेसका विचारलाई जनताका माझमा लगेको थियो ।