भाईरल पोष्ट, धनुषा ।। बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता एवम् राष्ट्रिय संगठन प्रभावरी राजाराम पासवानले नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार र नश्लीय निन्तनलाई सखाप पारी नयाँ युगको स्थापना गर्नु आफ्नो पार्टी एक मात्रै लक्ष्य भएको बताउनुभएको छ ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभाको चुनावलाई लक्षित गरी सो पार्टीले सञ्चालन गरेको देशव्यापी प्रशिक्षण भेला तथा संगठन विस्तार कार्यक्रम अन्तर्गत मंगलबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका स्थित दिगम्बरपुरमा आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्नुहुँदै नेता पासवानले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका नेता पासवानले भन्नुभयो, ‘काँंग्रेसको चरमपुजिँवादी एवं कम्युनिस्टको नाममा चली रहेको मनुवादी व्यवस्थाले बंचित वर्गको हित गर्न सक्दैन । त्यसैले अवको बिकल्पको रुपमा अंबेडकरवादी व्यवस्था एवं बेगमपुरा राज्यको स्थापना नै हो ।’ वहाँले जाती व्यवस्था व्याप्त रहेको स्थानमा बहुजनवाद बाहेक अन्य व्यवस्थाले कामै न गर्ने भएकोले अंबेडकरको “एन्हिलेशन अफ कास्ट’’ को बिचारको मार्फत् समाज जागृत हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
हजाम, लोहार, निषाद, बरही, नुनिया, कुर्मी, कुम्हारजस्ता जातीहरु मधेसी हुन् कि हैनन् ? भन्ने प्रश्न गर्दै वरिष्ठ नेता पासवानले भन्नुभयो,‘ यदि मधेसी हो भने यीनीहरुको राजनीतिमा पहुँच खोइ ? के कुनै एक दुई खास जाती मात्रै मधेसीको नाममा शासन गर्ने र लुट मचाउने काम जायज छ ? ’
नेता पासवानले मधेसको नाममा एकल जातिय राजनीति देश र मधेशको लागि खतरा रहेको भन्दै हिमाल पहाड तराई सबै ठाउँका मुलवासीहरु एक जुट भइ बिदेशी आर्यहरुको हातबाट सत्ता खोस्नु पर्ने बिचार राख्नुभयो । उहाँले अवको राजनीतिमा बहुजन एकता पार्टीको निर्णायक भुमिका रहने र यसका लागि जनताको सहयोग आवश्यक पर्ने भएकाले बहुजन एकता पार्टीलाई समर्थन गर्न आह्वान गर्नुभयो ।
सोही भेलालाई सम्बोधन गर्नुहुँदै चर्चित महिला नेतृ प्रमिला सदाले दक्षिण एसियाका संपुर्ण महिलाहरुको प्रथम मुक्तीदाता डा.अंबेडकर रहेको र उहाँकै बिचारमा अधारित पार्टी बहुजन एकता पार्टी नेपालले समस्त शोषित बंचितलाई सामाजिक न्याय एवं अधिकार दिलाउन सक्ने बताउनुभयो । त्यसका लागि व्यक्तिगत स्वार्थ त्यागेर सबै पार्टीका दलित बहुजन नेताहरुले बहुजन एकता पार्टीमै गोलबद्ध र एकताबद्ध हुनेपर्ने नेतृ सदाले बताउनुभयो ।
उहाँले अब नेपालका मुसहर लगायत आदिवासी, थारु एवं अल्पसंख्यक अतिपिछडा समाजको कल्याणको मार्ग बहुजन एकता पार्टी मात्रै रहेको हुँदा भ्रम त्यागेर बहुजन आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
मधेसको नाम संचालित सबै नंयाँ पुराना पार्टीहरु जडसुत्रवादी, यथास्थितिमा रमाउने एवं मनुवादको पृष्ठपोषक रहेको र उनीहरुले केही जातीहरुको लागि मात्रै काम गर्ने हुँदा मधेसको नाममा आएका ठगहरुबाट जनता साबधान हुनुपर्ने समय आएको अर्का नेता पाण्डे सदाले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रम सुकनी महराको सभापतित्वमा भएको थियो भने भोगेन्द्र महराले सञ्चालन गर्नुभएको थियो । सयौंको संख्यामा दलित, आदिवासी, जनजाती, पिछडा वर्ग समुदायको मानिसहरुको सहभागिता रहेको प्रशिक्षण भेलालाई नेता पासवानसहित धनुषाका बहुजन लिडरहरु महिला नेत्री प्रमिला सदा, पार्टीका केन्द्रीय सह–महासचिब दुर्गाराम विश्वकर्मा, धनुषा जिल्ला उपाध्यक्ष रामपुकार सदा, लतर दास तत्मालगायतका नेताहरुले बिचार राख्नुभएको थियो ।