भाईरल पोष्ट, लालबन्दी ।। सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउँदै आएका सर्लाही लालबन्दीका एक यूवा रामकुमार बुढाथोकीले राप्रपालाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सर्लाहीमा राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाका उमेदवारलाई साथ, सहयोग र समर्थन गरेका बुढाथोकीले राप्रपामा लिङ्गदेन अध्यक्ष भएपछि आएको एजेण्डा निकै सान्दर्भिक र उत्कृष्ट लागेर आफूले राप्रपालाई साथ, सहयोग र समर्थन गरेको भएपनि आजकै मितिबाट समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।
उनले अध्यक्ष लिङ्गदेनको एजेण्डाहरुलाई राजनैतीक घेराबन्दीमा पारेर राप्रपाकै पूराना नेताकार्यकर्ताहरुको दलाल नीति र भ्रष्ट विचारको कारण असफल बनाउने प्रयत्न भईरहेकोले आफूले राप्रपालाई समर्थन गरिरहन नसकेको बताएका छन् ।
उनी अगाडि भन्छन्, ‘राजनितीमा हामी सशक्त युवाहरु परम्परागत दासत्व स्वीकार गर्न सक्दैनौ । यदि पार्टी भित्रको नीति सुधार नगर्ने हो भने अझै कैयौं युवाहरुको रोजाईमा राप्रपा पर्दैन । राप्रपाले स्वतन्त्र मेयर बालेन शाहलाई सहयोग नगरेको कारण पनि मैले आजबाट राप्रपाको समर्थन फिर्ता लिएको हुँ ।’
उनले सर्लाहीमा राप्रपा बिग्रनुको कारण पनि उल्लेख गरेका छन् । उनी लेख्छन्,‘मैले सर्लाहीमा देखेको राप्रपाको राजनीति ६० बर्ष उमेर कटेकाहरुले बिगारेका हुन् अब यहाँ गोडमेल नगरे पार्टी दुर्घटनामा जाने निश्चित छ ।’
उनले लालबन्दीमा पनि राप्रपाको भविष्य राम्रो नरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्,‘यहाँ राप्रपाको असल नेता कोहि छैन र कसैले पनि राप्रपालाई राजनीतिक स्थिरता दिन सक्दैनन् ।’
उनी लेख्छन्, ‘म आजको मिति बाट राप्रपाको संगठन निर्माण तथा कुनै कार्यक्रममा सहभागी हुने छैन र पुर्ण रुपमा स्वतन्त्र भएको जानकारी गराउदै परेको खण्डमा राजेन्द्र लिङ्गदेनलाई ब्यक्तिगत, सामाजिक तथा नैतिक साथ, सहयोग र समर्थन भने गर्ने छु ।’