भाईरल पोष्ट, लालबन्दी ।। नेकपा एमालेका लालबन्दी नगर कमिटी अध्यक्ष विक्रम भण्डारीले खानेपानी तथा सरसफाई संस्था लालबन्दीमा कोषाध्यक्षबाहेक अधिकांश पदमा एमालेले समर्थन गरेका उमेदवार विजयी भएपछि बधाई सहित सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्नुहुँदै नगर कमिटी अध्यक्ष स्पष्ट वक्ता भण्डारीले नेकपा एमालेको प्रस्ताव शतप्रतिशत सही रहेछ भन्ने कुरा खानेपानीको मत परिणामले पुष्टी गरेको बताउनुभएको हो ।
उहाँ लेख्नुहुन्छ, ‘नेकपा एमाले संघसंस्थाभित्र राजनीति गरिनु हुँदैन भन्ने मान्यता राख्ने पार्टी हो । त्यसैले खानेपानी तथा सरसफाई संस्था लालबन्दीको नेतृत्व चयन गर्दा हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छेलाई सर्वसम्मत रुपमा चयन गरौं भन्ने हाम्रो प्रस्ताव सर्वदलीय, सर्वपक्षीय बैठकमा लग्यौं । विडम्वना हाम्रो पस्ताव स्वीकार गरिएन र हामी समेत निर्वाचनमा होमिन बाध्य भयौं । निर्वाचन परिणामले हाम्रो प्रस्ताव शतप्रतिशत ठीक रहेछ भन्ने प्रमाणित ग¥यो ।’
उहाँले नेकपा एमालेका विरुद्ध मोर्चाबन्दी भई गठबन्धनको नाममा चुनावी मैदानमा उत्रने उमेदेवारहरुमध्ये कोषाध्यक्ष बाहेक अरुलाई जनताले उप–विजेतामै सीमित गरिदिएको बताउनुभयो । उहाँले खानेपानीको मात्रै नभई आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको चुनावमा पनि एमाले विरुद्ध मोर्चाबन्दी कसेर आउनेहरुलाई जनताले तह लगाईदिने पनि बताउनुभएको छ । ‘एमालेका अगाडि जस्तोसुकै गठबन्धन पनि निरीह सावित हुने कुरामा दुईमत छैन । यो खानेपानीको चुनावी परिणामले यो कुरा पुष्टी गरिदिएको छ ।’, नगर अध्यक्ष भण्डारीले भन्नुभयो ।
उहाँले निर्वाचनबाट खानेपानी संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि निर्वाचित अध्यक्ष देवनाथ पोखरेल, उपाध्यक्ष गंगाराम महतो, सचिव हरिमाया थिङ्ग, कोषाध्यक्ष डुकेन्द्र खत्री(कपिल) लगायत वडा संयोजक र सदस्य पदमा निर्वाचित सबै पदाधिकारीहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ । साथै उहाँले एमालेले प्रस्ताव तथा समर्थन गरेका उमेदवारहरुलाई जिताउनुहुने खानेपानी उपभोक्ता तथा लालबन्दीवासीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।