भाईरल पोष्ट, लालबन्दी ।। खानेपानी तथा सरसफाई संस्था लालबन्दीको चुनावमा नेकपा एमालेले गठबन्धनको घमण्ड तोडेको छ । अध्यक्षमा स्वतन्त्र व्यक्ति देवनाथ पोखरेलसहितका उमेदवारहरुलाई जिताउँदै नेपाली काँग्रेस लगायत गठबन्धनकोे घमण्ड तोड्न एमाले सफल भएको हो ।
साउन २८ गते शनिवार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । त्यस्तै माओवादीले साना दल जसपा र लोसपासँग गठबन्धन गरेको थियो । तर चुनवी परिणाम अनुसार माओवादी–लोसपा–जसपा गठबन्धन निकै कमजोर देखियो भने एमालेसँग काँग्रेस–एकीकृत समाजवादीको गठबन्धनको कडा प्रतिष्पर्धा देखियो ।
एमालेले कार्यसमिति सहमतिमै टुंग्याउनुपर्नेमा जोड दिँदै आएको थियो तर काँग्रेस लगायतका दलले चुनावमै जान जोड गरे । ‘हामीले खानेपानी दलिय प्यानल बनाएर चुनाव गर्नुभन्दा आपसी सहमतिमै कार्यसमितिको टुंगो लगाउन हामीले जोड ग¥यौं तर काँग्रेस लगायतका दलले चुनावमै जानुपर्ने अडान लिए ।’, एमालेका एक नेताले भने, ’स्थानीय तह चुनावमा लालबन्दी नगरपालिकामा मेयर–उपमेयरसहित केही वडा जितेपछि खानेपानीको चुनाव पनि एकलौटी जित्छौं भन्ने उसलाई लागेको थियो जनताले देखाईदिए ।’
खानेपानीको चुनावमा काँग्रेसले एकीकृत समाजवादीसँग चुनावी गठबन्धन गरेको थियो भने नेकपा माओवादीले जसपा र लोसपासँग गबन्धन गरेको थियो । एमालेले भने नेपाल सरकारको उप–सचिव जस्तो जागीर त्यागेर खानेपानी संस्थाको उन्नती प्रगति गर्नेभन्दै अध्यक्षको उमेदवार बन्नुभएका देवनाथ पोखरेललाई समर्थन गरेको थियो ।
पोखरेललाई एमालेसहित राप्रपाले पनि समर्थन गरेको थियो । दलहरुले खानेपानीको चुनाव जित्नुलाई आ–आफ्नो पार्टीको शक्ति र प्रतिष्ठा बनाएका थिए । चुनावी प्रचार हेर्दा पनि स्थानीय तह निर्वाचनभन्दा कम थिएन बरु त्यो भन्दा रौनक खानेपानी कै चुनावमा थियो ।
खानेपानीको चुनावलाई पार्टीको प्रतिष्ठासँग जोडेपनि एमालेले खानेपानी जस्तो संस्थामा राजनीतिक भन्दा पनि बौद्धिक, आर्थिक पारदर्शि र सक्षम व्यक्ति आउनुपर्ने कुरालाई जोड दिएर र देवनाथ पोखरेललाई समर्थन गरेर जिताऔं । प्यानलका हिसावले एमालेले जित्यो भनिएपनि यो जीत सम्पूर्ण लालबन्दीवासी खानेपानी उपभोक्ताहरुको जीत हो । तर यो चुनावले एमाले अझै पनि कति शक्तिशाली रहेछ र जनताले एमालेमाथि कति विश्वास गरेका रहेछन् भन्ने कुरा पुष्टी भएको पनि ती नेताले बताए ।
निर्वाचनबाट अध्यक्षमा स्वतन्ध व्यक्ति देवनाथ पोखरेल, उपाध्यक्षमा एमालेका गंगाराम महतो, सचिवमा हरिमाया थिङ्गसहित पुरै प्यानल नै विजयी भएको छ । कोषाध्यक्ष पदमा भने काँग्रेस–एकीकृत समाजवादी गठबन्धनका उमेदवार एकीकृत समाजवादीका डुकेन्द्र बहादुर खत्री(कपिल) विजयी हुनुभएको छ ।