भाईरल पोष्ट, कविलासी ।। बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता तथा राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानले बहुजन समाजको अधिकारको लडाइ लडन आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ ।
आइतवार कविलासी नगरपालिका स्थित पिपरियामा सो पार्टीको प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै नेता पासवानले यस्तो बताउनुभएको हो । ‘जबसम्म बन्चित समाजको हक, अधिकार सुनिस्चित हुँदैन, तवसम्म बहुजन एकता पार्टी नेपाल अधिकारीको लागि सम्पूर्ण लडाइ लड्न तयार छ ।, प्रशिक्षण भेला कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नेता पासवानले भन्नुभयो ।
पासवानले गरिब माथी हुने हत्या हिंसा एवं बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवम जातिवाद हावी भएको अहिलेको राजनीतिक सत्ता रहेको बताउनुभयो । ‘बहुजन समाज बर्षौदेखि विभिन्न अधिकारबाट बञ्चित छ, कतिपय माग सरकारले पुरा गरेको भएपनि त्यो पर्याप्त नभएको र अझै बाकीँ भएको हुदाँ त्यो अधिकार प्राप्तीका लागि बहुजन एकता पार्टी नेपाल अधिकारको लडाई लडन तयार छ ।’, नेता पासवानले भन्नुभयो ।
सो पार्टीका स्थानीय नेता अकलु मन्डलको अध्यक्षता भएको प्रतिक्षण भेलामा प्रमुख अतिथी पासवनसहितका नेताहरुले पार्टीको निति, सिद्धान्त, रणनीतिबारे प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा बहुजन बिचारधारा अधारित समता, स्वतन्त्रता, भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल, गाउँ, बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्नमा जोड दिएको बताउनुभएको थियो ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी सो पार्टीले अहिले गाउँगाउँ, बस्ती वस्ती प्रशिक्षण भेला मार्फत आफ्ना विचारहरु पु¥याउने काम गरिरहेको छ ।
त्यस्तै गाउँगाउँमा संगठन निर्माणलाई समेत सो पार्टीले प्राथमिकता दिएको छ । सर्लाहीका विभिन्न पार्टीका यसअघि नै भेला तथा संगठन निर्माण गर्न सुरु गरेको सो पार्टीले केही दिन अघि पनि लालबन्दी नगरपालिकाको परवानीपुर र ईश्वरपुर नगरपालिकाको नरेशखोरमा प्रशिक्षण भेला तथा संगठन विस्तारको काम सम्पन्न गरेको थियो ।
–––