भाईरल पोष्ट, मलंगवा ।। मन्दिरको सार्वजनिक पोखरीमा डुबेर सर्लाहीमा एक भारतीय महिलाको मृत्यु भएको छ ।
जिल्लास्थित मलंगवा नगरपालिका ५ मा रहेको रामजानकी मन्दिरको सार्वजनिक पोखरीमा डुबेर सर्लाही माईती भएकी २१ वर्षिया अर्चना यादवको मृत्यु भएको हो ।
मृतक अर्चनाको माईती भाडसर नै हो । उनको विहे भने भारतको सितामढी ग्राम पञ्चायत जयनगर अररिया बस्नेत लक्की यादवसँग भएको थियो ।
उनी बुधबार दिउँसो अन्दाजी ४ बजेर २० मिनेटमा पोखरीमा डुबेकी थिईन । पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले शवको आवश्यक मुचुल्का गरी शव पोष्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।