भाईरल पोष्ट, ईश्वरपुर ।। बहुजन एकता पार्टी नेपालले बिहिबार ईश्वरपुरमा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
स्थानीय हरि रोक्काको अध्यक्षता तथा सो पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन रन्जनको प्रमुख आतिथ्यतामा सो नगरपालिकाको वडा नम्बर ५ स्थित नरेशखोरमा प्रशिक्षण भेला सम्पन्न भएको हो ।
प्रशिक्षण भेलालाई प्रमुख अतिथी रन्जनसहित सो पार्टीका ईश्वरपुर नगर अध्यक्ष बिन्दी महरा, महिला नेत्री यशोधा तिमिल्सिना, अबधेश राम, शोभाकान्त राय, निलम महतो लगायतका नेताहरुले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा उहाँहरुले भेलामा उपस्थितहरुलाई बहुजन एकता पार्टी नेपालको नीति, सिद्धान्त, रणनीतिका बारेमा जानकारी गराउनुभएको थियो ।
बहुजन बिचारधारामा अधारित समता, स्वतन्त्रता, भाइचारा एवं बन्धुत्व नै आजको आवश्यकता भएकोले भेलाका अतिथीहरुले बताउनुभएको थियो । उहाँहरुले बहुजन विचारबाट समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल, गाउँ, बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ ।
जबसम्म बन्चित समाजको हक, अधिकार सुनिस्चित हुँदैन, तवसम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको भन्नुहुँदै केन्द्रिय अध्यक्ष रन्जनले गरिब माथी हुने हत्या हिंसा एवं बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको बताउनुभयो । उहाँले अब बहुजन एकता पार्टीले त्यसलाई सखाप पारेर बहुजन समाज हुकुमरान बन्न नेतृत्वदायी भूमिका खेल्ने पनि उहाँले बताउनुभयो ।
उहाँले आगामी मंसीर ४ गते हुने संघ र प्रदेश तह निर्वाचनमा बहुजन पार्टीका उमेदवारहरुलाई ढल्केको भ¥याङ्ग चुनाव चिन्हमा मतदान गर्न आव्हान समेत गनुभयो ।