भाईरल पोष्ट, हरिपुर ।। बहुजन एकता पार्टी नेपालको प्रशिक्षण भेला तथा संगठन विस्तार कार्यक्रम सर्लाहीको हरिपुरमा पनि सम्पन्न भएको छ ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई लक्षित गर्दै गाउँगाउँमा प्रशिक्षण भेला तथा संगठन विस्तारलाई तिब्रता दिएको सो पार्टीले बुधबार हरिपुर नगरपालिका वडा नम्बर २ सानो जगतपुरमा प्रशिक्षण भेला तथा संगठन निर्माण गरेको हो ।
स्थानीय रामशरण विकको अध्यक्षता तथा बहुजन एकता पार्टीका वरिष्ठ नेता राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यतामा भएको भेलाले सीताराम परियारको अध्यक्षतामा २१ सदस्यीय कमिटी समेत गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा बिक्रम माझी, रानीमाया बि क, सचिबमा बिमला बि क, कोषाध्यक्षमा गङ्गा नेपाली, सह–सचिवमा रेखा बि क र अन्य सदस्यमा चयन हुनुभएको छ ।
प्रशिक्षण भेलालाई प्रमुख अतिथी राष्ट्रिय संगठन प्रभारी पासवानसहित चतुरमान बि क लगायतका पार्टी नेताहरुले सम्बोधन गर्नुभएको थियो । प्रशिक्षण तथा संगठन निर्माणका लागि आयोजित भेलाका क्रममा प्रमुख अतिथी लगायतका नेताहरुले बहुजन एकता पार्टीको निति, सिद्धांत र रणनीति बारेमा बोल्नुभएको थियो । प्रमुख अतिथी पासवानले बहुजन बिचारधारा अधारित समता, स्वतन्त्रता, भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल, गाउँ, बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान गरिएको छ।जब सम्म बन्चित समाजको हक, अधिकार सुनिस्चित हुँदैन, तवसम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको बताउनुभयो ।
उहाँले गरिब माथी हुने हत्या हिंसा एवं बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको भन्दै त्यसलाई सखाप पारेर बहुजन समाज हुकुमरान बन्नु पर्ने धारणा राख्नुभएको थियो ।