भाईरल पोष्ट, धुनषा ।। धनुषाको मिथिला नगरपालिका ४ मा बहुजन एकता पार्टीको कमिटी गठन भएको छ ।
महाबीर गदाईलीको अध्यक्षता तथा सो पार्टीका वरिष्ठ नेता एवम् राष्ट्रिय संगठन प्रभावरी राजाराम पासवानको अध्यक्षतामा भएको भेलाले रामबाबु विक अध्यक्ष रहेको ३१ सदस्यीय कमिटी गठन गरेको हो ।
नवगठित कमिटिको उपाध्यक्षमा महाबीर गदाईली, सचिवमा पासोदेवी सदा, कोषाध्यक्षमा मन्जु विक, सहसचिवमा विमला विक र सदस्यमा बाल कुमारी परियार लगायत ३१ जना रहेका छन् ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी बहुजन एकता पार्टीले देशभर प्रशिक्षण भेला तथा संगठन विस्तारलाई तिब्रता दिएको छ । धनुषा जिल्लाको विभिन्न पालिकामा उसले यसअघि नै प्रशिक्षण भेला सम्पन्न गरिसकेको छ ।
प्रशिक्षण भेलालाई प्रमुख अतिथी राष्ट्रिय संगठन प्रभारी पासवानसहित सह–महासचिव दुर्गा बि क, महिला नेत्री प्रमिला सदा, जिल्ला उपाध्यक्ष रामपुकार सदा, बुधनीदेबि रामलगायतका पार्टी नेताहरुले सम्बोधन गर्नुभएको थियो । प्रशिक्षण तथा संगठन निर्माणका लागि आयोजित भेलाका क्रममा प्रमुख अतिथी लगायतका नेताहरुले बहुजन एकता पार्टीको निति, सिद्धांत र रणनीति बारेमा बोल्नुभएको थियो । प्रमुख अतिथी पासवानले बहुजन बिचारधारा अधारित समता, स्वतन्त्रता, भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल, गाउँ, बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान गरिएको छ।जब सम्म बन्चित समाजको हक, अधिकार सुनिस्चित हुँदैन, तवसम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको बताउनुभयो ।
उहाँले गरिब माथी हुने हत्या हिंसा एवं बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको भन्दै त्यसलाई सखाप पारेर बहुजन समाज हुकुमरान बन्नु पर्ने धारणा राख्नुभएको थियो ।