भाईरल पोष्ट, परवानीपुर ।। आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी बहुजन एकता पार्टीले सुरु गरेको प्रशिक्षण कार्यक्रम धनुषापछि सर्लाहीमा सुरु भएको छ । धनुषाका दर्जनबढी पालिकाहरुमा प्रशिक्षण भेला सकेर सो पार्टीले सोमबारदेखि सर्लाहीमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
सोमबार सर्लाहीको लालबन्दी नगरपालिकाको वडा नम्बर १६ मा उसले प्रशिक्षण भेला सम्पन्न गरेको छ । आगामी निर्वाचनमा पार्टीलाई बढीभन्दा बढी सिटमा जिताउने अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रम गरिएको हो । लालबन्दी १६ को परवानीपुरमा स्थानीय बिष्णु दर्जीको अध्यक्षता तथा पार्टीका वरिष्ठ नेता एवम् राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यमा प्रशिक्षण भेला सम्पन्न भएको थियो ।
प्रशिक्षण भेलालाई प्रमुख अतिथीसहित सो पार्टीका जिल्ला उपाध्यक्ष श्यामलाल बि क लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । सो क्रममा पार्टीको निति, सिद्धांत, रणनीतिबारे बहुजन बिचारधारा अधारित समता, स्वतन्त्रता, भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल, गाउँ, बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको थियो ।
जबसम्म बन्चित समाजको हक, अधिकार सुनिस्चित हुँदैन, तवसम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको प्रमुख अतिथी पासवानले बताउनुभयो । उहाँले गरिब माथी हुने हत्या हिंसा एवं बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको भन्दै त्यसलाई सखाप पारेर बहुजन समाज हुकुमरान बन्नु पर्ने धारणा गर्नुभएको छ ।
साथै भेलाले बिष्णु दर्जीकै अध्यक्षतामा ३१ सदस्यीय बहुजन एकता पार्टी नेपाल परबानिपुर कमिटी गठन गरेको छ । नव गठित कमिटिको उपाध्यक्षमा क्रमशः छबिलाल परियार, बिश्व माया टोलुङे, भिम बि क, अनिता बि क रहनु भएको छ ।
त्यस्तै सचिवमास सृजना बि क, सह–सचिब टेज कुमारी बि क, कोषाध्यक्ष हित कुमारी सार्की, र सदस्यमा भिम बहादुर बि कलगायत छनोट हुनुभएको छ ।