अम्बिका बुढाथोकी, मलंगवा ।। चमेलीमाई हस्पिटल मलंगवाका डाक्टर कमलेश कुमार साहले चर्को घाम र गर्मीबाट बच्न सुझाव दिनुभएको छ ।
विगत ७ महिनादेखि सदरमुकाम मलंगवामा हस्पिटल सञ्चालनमा ल्याउनुभई विरामीहरुलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आउनुभएको डाक्टर साहले कुनै पनि काम नपरी चर्को घाममा हिडडुल नर्गन अनुरोध गर्नुभएको छ । घाममा काम विशेषले निस्कनै परे छाता लिएर निस्कन अनुरोध गर्नुहुँदै डा.साहले गर्मीको समयमा विशेष गरी सेता कपडाहरु लगाउँदा फाईदा गर्ने बताउनुभयो ।
चर्को घामबाट भरखरै घर आउनु भएको छ । खलखली पसिना आएको छ भने आउनेवित्तिकै चिसो पानीले नुहानउ या एक्कासी चिसो कुराहरु खाने गर्नु नहुने बताउनुभयो ।
गर्मी र अहिले वर्खाको समयमा विभिन्न रोगहरु फैलने खतरा रहेकोले खानपानमा विशेष ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । गर्मीमा खानेकुरा ताजा खानु आवश्यक छ । गर्मीका कारण खानेकुराहरु छिट्टो विग्रने भएकोहुँदा डा.साहले बासी खानेकुराहरु खानै नहुने बताउनुभयो ।
उहाँले गर्मी र बर्खाको समयमा विभिन्न रोगको संक्रमण हुन सक्छ । त्यसैले स्वास्थ्य जस्तो कुरामा हेलचक्राईँ गर्नु नै हँुदैन भन्नुभयो । उहाँले सचेतता अपनाउँदा अपनाउँदै कुनै संक्रमण भई हालेमा पनि डा. र स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्न सुझाव दिनुभयो ।
त्यस्तै उहाँले आफूले चमेलीमाई हस्पिटल मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेकोले एक पटक आफ्नो हस्पिटलमा आएर सेवा लिन अनुरोध समेत गर्नुभयो । उहाँले हरेक महिनाको चौथो शनिवार काठमाण्डौंका विशेष डाक्रहरुद्वारा विभिन्न रोगहरुको विशेष चेकजाँच तथा उपचार हुनेभएकोले सेवा लिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
भिडियो भिडियोमै क्लिक गर्नुहोस् ।