भाईरल पोष्ट, धनुषा ।। बहुजन एकता पार्टी नेपालले आज पनि धनुषाको मिथिला नगरपालिकामा प्रशिक्षण कार्यक्रम गरेको छ । नगरपालिकाको पुष्पलपुरमा सन्जय सदाको अध्यक्षता तथा सो पार्टीको बरिष्ठ नेता राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यतामा प्रशिक्षण भेला सम्पन्न भएको हो ।
प्रशिक्षण भेलालाई प्रमुख अतिथी पासवानसहित सह–महासचिव दुर्गा बि क, महिला नेत्री प्रमिला सदा, केशर मुखिया, अमान सिंह गदाइली, राम बाबू गदाइलीलगायतका पार्टी नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
सो क्रममा पार्टीको नीति, सिद्धान्त, रणनीतिका बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो भने बहुजन बिचारधारा अधारित समता, स्वतन्त्रता, भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल, गाउँ, बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान गरिएको थियो ।
भेलालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी पासवानले जब सम्म बञ्चित समाजको हक, अधिकार सुनिश्चित हुँदैन, तबसम्म बहुजन एकता पार्टी नेपाल सम्पुर्ण लडाइको लागी तयार रहेको बताउनुहँुदै गरिब माथी हुने हत्या हिंसा एवं बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको भन्दै त्यसलाई सखाप पारेर बहुजन समाज हुकुमरान बन्नु पर्ने धारणा व्यक्त व्यक्त गर्नुभएको थियो ।
यो सँगै सो पार्टीले सुरु गरेको बहुजन स्वाभिमान यात्रा धनुषामा सकिएको छ । धनुषापछि अब भोलिदेखि सर्लाहीमा प्रशिक्षण कार्यक्रम लिएर पालिका पालिका पुग्ने कार्यक्रम रहेको नेता पासवानले बताउनुभएको छ ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई लक्षित गरेर पार्टी संगठन विस्तारलाई गाउँगाउँ पु¥याउने पार्टीको निर्णय अनुरुप देशभर नै प्रशिक्षणका कार्यक्रमहरु गरिने सो पार्टीले जनाएको छ ।