भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। त्यहाँ रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल, गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण पनि छन्। उनले साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने जानकारी गराइएको छ।
प्रचण्ड जापान गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दिइएको द नेपाट टप मा खबर छ ।