भाईरल पोष्ट, हेटौंडा ।। मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहिबार दिउँसो विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र जिल्ला प्रहरीकार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा-१५ कमाने भोर्लेनीबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा-१५ कमाने भोर्लेनी बस्ने ५६ वर्षीय मंगल सिं बम्जन र २९ वर्षीय कृष्ण थिङ रहेका छन् । बम्जनको घरबाट ५ किलो २ सय ग्राम लागुऔषध गाँजा फेला परेको थियो भने थिङको घरमा ५ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाइको छ ।
दुबैजना माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।