भाईरल पोष्ट, काठमाण्डौ ।। काठमाडौंमा शनिबार एका बिहानै फेरी भूकम्पको धक्का महसुस भएको छ । २०७२ वैशाखमा गएको महाभूकम्प पश्चात नेपालमा सयौं पटक पुनः साना साना स्केलका भूकम्पको धक्का महसुस भईरहेको छ । शनिबार बिहान पनि ५ बजेर २६ मिनेट जाँदा सो धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नुवाकोट जिल्लाको बेलकोटगढी क्षेत्र केन्द्रबिन्दु भएर ५.३ सो भूकम्प गएको हो । यो गोरखा भूकम्पको पराकम्पन भएको उहाँको भनाइ छ ।
यसरी पटक पटक भुकम्पको धक्का आइरहँदा नागरीकमा भने निकै ठुलो त्रास हुने गरेको छ ।