भाईरल पोष्ट, बलरा ।। आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लिएर विभिन्न पार्टीका नेताहरुले आ–आफ्नो उमेदवारी दाबी गर्न थालेका छन् ।
सरकारले आगामी मंसीर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेसँगै सर्लाहीमा पनि विभिन्न दलका नेताहरुले उमेदवार बन्न आकांक्षा व्यक्त गर्न थालेका हुन् ।
यसैक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य श्रीचन यादव(सुजन)ले पनि पार्टीले टिकट दिए आगामी निर्वाचनमा आफू सर्लाही क्षेत्र नम्बर ४(ख)बाट प्रदेश सभा सदस्यका लागि चुनाव लड्ने बताउनुभएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बलरा नगरपालिकामा माओवादी केन्द्रका उमेदवारहरुलाई जिताउन महत्वपूर्ण भूमिका खेल्नुभएका केन्द्रीय सदस्य यादवले आफू यूवा तर पार्टीको पूरानो कार्यकर्ता भएकोले आफूले पार्टीमा पु¥याएको योगदानको कदर गरेर टिकट दिए चुनाव जितेर देखाउने दाबी गर्नुभयो ।
‘मैले गएको चुनावमा पार्टीका उमेदवारहरुलाई बलरा नगरपालिकामा जिताउन भूमिका खेलें । म माओवादी केन्द्रको पुरानो कार्यकर्ता हुँ । अहिले केन्द्रिय सदस्य पनि हुँ ।’ नेता यालवले भन्नुभयो, ‘पार्टीले टिकट दियो भने चुनाव तिजेर ४ नम्बर क्षेत्रका जनताको सेवा गर्ने औधी ठुलो सपना छ ।’ उहाँले पार्टीले आफूमाथि न्याय गरेर टिकट दिनेमा विश्वस्त रहेको बताउनुभयो ।
सो क्षेत्रमा केन्द्रीय सदस्य यादव नै माओवादी केन्द्रका बलियो उमेदवार देखिनु भएको छ । पार्टीले यादवलाई नै टिकट दिँदा जित निश्चित हुने त्यहाँका स्थानीय माओवादी नेताहरुले बताएका छन् ।
२०७४ सालमा भएको निर्वाचनमा सो क्षेत्र नेपाली काँग्रेसले जितेको थियो ।