भाईरल पोष्ट, हरिपुर ।। सर्लाहीको हरिपुर नगरपालिका ७ चिताईनमा स्थानिय योजना तथा बजेट प्रकृयामा मुसहर समुदायको सहभागीता तथा लैङ्गीक उत्तदायी वजेट सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
अन्डेफको आर्थिक सहयोग र साप नेपालको आयोजनामा संचालीत लैङ्गिक उत्तदायी सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत हरिपुर न.पा वडा नं ७ चिताईनमा मुसहर महिला शक्तिकरण मञ्चका सदस्यहरुलाई स्थानीय योजना निर्माण तथा लैङ्गिक उत्तरदायी वजेट सम्बन्धीमा सचेतना मुलक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा मञ्चका ४५ जना सदस्यहरुको सहभागी रहेको थियो ।
कार्यक्रममा स्थानीय योजना निर्माण प्रकियाका ७ वटा चरणहरु, स्थानिय सरकारको कार्यक्रम तथा योजनाहरू, एवं वस्ति स्तरका योजना र मुसहर समुदायको सहभागीता बारे साप नेपालका फिल्ड सुपरभाईजर मनोज कुमार पासवानले प्रशिक्षण गरेका थिए ।
मुसहर समुदाय चरम आर्थिक अभाव, गरीवि र गाँसवाँस कपास जस्ता आधारभूत आवश्यकता पुरा नहुदा विहान वेलुकाको छाक टार्न सिङगो परिवार नै दैनिक ज्याला मजदुरी गर्न ईटा भट्टामा जानु परेको छ । बर्षमा ६ महिना पुरै परिवारका सदस्यहरु ईटा भट्टामा जाने भएकाले शिक्षा र चेतनामा उनीहरु पछाडी परेका हुन् । स्थानिय सरकारले दिने सेवा सुबिधाबाट समेत बन्चित हुनु परेकोले स्थानिय स्तरमा नै रोजगारीको अवसर सृजना गर्नु पर्ने साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।
प्रशिक्षणको क्रममा उनले पैरवी मन्चले योजना बनाएर सामुहीक वंगुर पालन, तरकारी खेती गरेर आय आर्जन गर्नुपर्ने बताए । हरिपुर वडा नं ७ अध्यक्ष मनोज चौधरीले वडा कार्यालयबाट मुसहर समुदायको कुलदेवीको मन्दिर बनाउन र बाटो ग्राभेल गर्न बजेट छुट्टाएको बताए । आगामी दिनमा सामुहिक वंगुर पालन, तरकारी खेती गर्न बजेट बिनियोजन गर्ने बताए ।
मुसहर महिलाहरुको लागि विकासका योजना ल्याउन पैरवी गर्न विषयमा छलफल तथा प्रशिक्षण भएको थियो । हाल सम्म योजना निर्माणको प्रकृया थाहा नभएको हुदा आफनो समुदायको लागि योजना ल्याउन नसकेको समुहको सदस्य एवं निवार्चित वडा सदस्य सोमारी देवी माझीले बताईन् । उनले नेताहरुले चुनावको बेलामा मात्र विकास गर्दिन्छु भनेर आउने अनि जितेपछि फर्केर पनि नआउने गरेको बताईन् । ४० मुसहर घर परिवार रहेको चिताईनको मुसहर टोलकी कक्षा नौ मा पढने एक मात्र छात्रा कृतिका माझीले आर्थिक अभाव र गरीवीको कारण परिवारका पुरै सदस्यहरु गाँउ छोडेर ६ महिना ईटा भट्टामा जानु परेकोले पुरै समुदाय पढन बाट बन्चित भई शिक्षा र चेतना बाट बन्चित हुनुपरेको बताईन् ।
उनले गाँउमा नै रोजगारीको व्यवस्था भए सबैले पढन पाउने बताईन् । मुसहर महिला सशक्तिकरण मन्चकी अध्यक्ष उर्मीलादेवी माझीले हाल साप नेपालको कार्यक्रम आएपछि समुह दर्ता गरेको, बंैक खाता खोलेर बतच गर्न थालेको । बेला बेलामा तालिममा भाग लिएर धेरै कुरा थाहा भएको बताईन् ।
श्रावण १८ देखी २२ गते सम्म पाँच दिन महिला सशक्तिकरण, सामाजिक जवाफदेहिता र यसका विधिहरु, आयआर्जन, स्थानिय योजना तथा बजेट प्रकृयामा मुसहर समुदायको सहभागीता बारेमा रिफ्लेक्त कक्षा संचालन हुने कार्यक्रम संयोजक कार्कीले बताए ।