भाईरल पोष्ट, काठमाण्डौ ।। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले ताइवान प्रकरणमा चीनप्रति दरिलो साथ ब्यक्त गरेको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन नीतिको पक्षमा ढृढतापूर्वक उभिएकोमा प्रसंसा गदै ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा नेपालले गरिरहेको दृढतापूर्वक विरोधको फेरि पनि साथ खोजिरहेकी बेला विप्लवको पार्टीले चीनप्रति आफनो पार्टीको दरिलो साथ रहने औपचारिक बक्तब्य दिएको हो ।
अमेरिकाले चीन स्वसासित क्षेत्र ताइवानलाई चीनबाट अलग्याउन खोजिरहेको आरोप लागिरहेका बेला नेकपाले ताइवान चीनकै क्षेत्र भएको घोािषत वक्तब्य दिएको हो । अमेरिकाको तल्लो सदनकी सभामुखले विवादका वीच गरेको ताइवान भ्रमणको विरोध गदैं विप्लवको पार्टीको अन्तराष्ट्रि« विभागले अमेरिकी साम्राज्यवादले फेरि ताइवनमा घुस्न खोजेर आफनो पूरानो चरित्र फेरि नांगो रुपमा विश्वसामु देखाएको बताएको छ । विप्लवको पार्टीका अन्तराष्ट्रि«य विभाग सचिव आमुलले विहिबार एक प्रेस वक्तब्य जारी गदै अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानमा गरेको भ्रमणले चीन र ताइवानबीच थप द्दन्द्द मात्रै चर्काएको छैन, एक स्वाधीन राष्ट्र«माथी अमेरिकी साम्राज्यवादले पूरानै नांगो चरित्र देखाएको बताएका छन् ।
विश्वका सबैजसो देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेको सन्र्दभमा एक नीन नीति विपरित भएको अमेरिकी गतिविधिको विप्लवको पार्टीले खेद ब्यक्त गरेको छ । साथै विप्लवको पार्टीले अमेरिकालाई विभिन्न बाहनामा द्दन्द्द र शान्ती पैदा गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह समेत गरेको छ ।
बुधबार मात्रै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि वक्तब्य जारी गरेर ताइवान प्रकरणमा अमेरिकाले देखाएको रवैयाको विरोध जनाएका थिए । त्यस्तै नेपाल मजदुर किसान पार्टीले पनि अमेरिकी तल्लो सदनको सभामुखको चीनको विरोधका वीच भएको ताइवान भ्रमणको विरोध जनाएको छ ।