राज कुमार मोक्तान, गौशाला ।। महोत्तरीको गौशाला नगरपालिका ११ का पुराना माओवादी नेता स्वर्गिय सिंगमान पाख्रिनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साउन ४ गते स्वर्गे हुनुभएका नेता पाख्रिनको १३ दिनको पूण्यतिथी पारेर माओवादी केन्द्र गौशाला नगर कमिटीले श्रद्धाञ्जली सभाको आयोजना गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
माओवादी केन्द्रका नेता चित्र जर्गा मगरको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रीय सदस्य दिप बहादुर योन्जन, भवानी थापा, केन्द्रीय सल्लाहकार महेन्द्र लामा, अनुशासन आयोगका केन्द्रीय तथा पूर्व राष्ट्रियसभा सदस्य शशिकला दाहाल, जिल्ला संयोजक तुलसी प्रसाद ढुंगाना, गौशाला नगरपालिकाका पूर्व मेयर शिवनाथ महतो, मेयरका प्रत्यासी विष्णु लामा, नेताहरु विजय साह, रामबहादुर राना, वीर बहादुर गोले, आशा लामा, रुद्र सुस्लिङ्ग र दिवंगत परिवारका सदस्य सोममाया पाख्रिन अतिथी रहनुभएको थियो ।
दिवंगत नेता पाख्रिन प्रति उहाँकोे तस्वीरमा माल्यार्पण गरि श्रद्धाञ्जली दिइएको थियो । श्रद्धाञ्जली सभामा बोल्नुहुँदै प्रमुखअतिथी लगायतका वक्ताहरुले नेता पाख्रिनको निधनले नेकपा माओवादी केन्द्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । उहाँहरुले स्वर्गिय नेता पाख्रिनको जिवनबाट प्रेरित भएर पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।
उहाँहरुले स्वर्गिय नेता पाख्रिनप्रति अपश्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी कामना गर्नुभएको थियो ।