भाइरल पोष्ट, धनुषा ।। आगामी संघ र प्रदेश चुनावमा उल्लेख्य सिट जित्ने उदेश्यसहित प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको बहुजन एकता पार्टी नेपालले धनुषा जिल्लाको विभिन्न पालिकाहरुमा प्रशिक्षण दिई रहेको छ ।
धनुषाधाम, हंसपुर लगायतका पालिकाहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको सो पार्टीले बिहीबार सबैला नगरपालिकाको विभिन्न तीन स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सबैलाको किरतपुरमा रेविया सदाको अध्यक्षता तथा सो पार्टीका वरिष्ठ नेता राष्ट्रिय संगठन प्रभावरी राजाराम पासवानको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको छ । त्यस्तै सबैला नगरपालिकाकै गोविन्दपुर र ढोलबज्जामा पनि सो पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गोविन्दपुरमा शत्रुधन महरा र ढोलबज्जामा मोहन सदाको अध्यक्षता तथा राष्ट्रिय संगठन प्रभारी पासवान कै प्रमुख आतिथ्यतमा प्रशक्षिण कार्यक्रम भएको सो पार्टीले जनाएको छ ।

तीनै स्थानमा भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी पासवान लगायत पार्टीका सह–महासचिव दुर्गा बहादुर विश्वकर्मा, मलिा नेतृ प्रमिला सदा, दुखिया पासवान, नथुनी सदा बुधनी देबि राम, सत्नाराययन मोची, राम लखन रामले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणका क्रममा बहुजन एकता पार्टी नेपालको नीति, रणनीति र सिद्धान्तबारे उपस्थितहरुलाई जानकारी गराइएको थियो । बहुजन एकता पार्टी के हो ? नेपालमा खुलेका थुप्रै पार्टीहरुमध्ये बहुजन एकता पार्टी नै किन ? गरिब, शोषित र उत्पीडित समुदायको पक्षमा यो पार्टीले के के गर्छ ? भन्नेबारे जानकारी गराइएको थियो ।
सो क्रममा प्रमुख अतिथी लगायतका बक्ताहरुले बञ्चित समुदायलाई शासक बनाउने अभियानमा आफूहरु लागेकोले सम्पूर्ण गरीव, विपन्न, शोषित पीडित र उत्पीडनमा परेका नागरीकहरुलाई बहजुन एकता पार्टीको विचार घर घर र व्यक्ति व्यक्तिमा पु¥याउन आग्रह गर्नुभयो । त्यस्तै उहाँहरुले आगामी संघ र प्रदेशको चुनावमा बहुजन एकता पार्टीलाई जिताउन देशभरका सबै बञ्चितिकरणमा परेका समुदायलाई आव्हान गर्नुभयो ।