भाईरल पोष्ट, मलंगवा ।। नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उप–सभापति डा.सरोज कुमार यादवले पाउनुभएको छ ।
पार्टीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह व्यक्तिगत कामले समय जिल्ला बाहिर रहनुहुने भएपछि उप–सभापति यादवले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुभएको हो ।
सभापति सिंह पार्टीको काममा नफर्किदासम्म पार्टीको सम्पूर्ण कार्य सम्पादन गर्ने गरी उप–सभापति यादवलाई जिम्मेवारी दिइएको नेपाली काँग्रेस सर्लाही जनाएको छ । सभापति सिंहले कार्यावाह सभापतिको जिम्मेवारी सम्हाल्न उपसभापति यादवलाई लेख्नुभएको पत्रमा भनिएको छ, ‘मेरो व्यक्तिगत कामले केही समय जिल्ला बाहिर रहनुपर्ने भएकोले म नियमित पार्टीको काममा नफर्किएसम्मका लागि पार्टीको कार्यहरु गर्न तपाईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।’
सभापति सिंहको पत्रकै आधारमा उप–सभापति डा.यादवले बुधबार १८ गतेदेखि नै कार्यवाहक सभापति पदको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।