सोम दियाली, मलंगवा ।। ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नारासहित सर्लाहीसहित देशका विभिन्न जिल्लामा क्रियाशील रहँदै आएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले नव निर्वाचित जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ ।
केन्द्रले जिल्ला सदरमुकाम मलंगवास्थित महेन्द्र होटलमा नव निर्वाचित जनप्रतिनिधिहरुसँग स्थानीय तहमा शान्ति निर्माण विषयमा अन्तरक्रिया गर्दैै नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको हो ।
केन्द्रका राष्ट्रिय श्रोत ब्यक्ति कृष्ण गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा जिससका अन्य पदाधिकारीसहित जिल्लाका अधिकांश पालिकाका प्रमुख उपप्रमु र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा केही वर्षयता जिल्लाका विभिन्न क्षेत्रमा देखिएका विभिन्न खाले द्वन्द रुपान्तरणमा सक्रिय रहँदै आएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले जिल्लामा गरिरहेको काम र सञ्चालन गरेका बारेमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहितका सहभागीहरुलाई जानकारी गराईएको थियो ।
प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालकी राष्ट्रिय श्रोत ब्यक्ति पार्वती बिश्वकर्माले संस्थाले हाल सम्म सञ्चालन गरेका कार्यक्रम र संस्थाको अभियानको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले समाजमा हुने विभिन्न खाले द्वन्द रुपान्तरणमा प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्रले स्थानीय सरकारसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो । दुई वा बहुपक्षीय द्वन्दमा केन्द्रले द्वन्दरत सबैपक्षलाई एकैठाउँमा राखेर उनीहरुबाटै सहमति खोज्ने र द्वन्द समाधान गर्ने गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत व्यक्ति कृष्ण गौतमले स्थानिय तहका जनप्रतिनिधिहरुको अधिकांश समय सानातिना विवाद मिलाउन र मेलमिलाप गराउनमै बितिरहेको बताउनुभयो । जनताको काम गर्न आउनुभएका जनप्रतिनिधिहरुले सानातिना विवादमा अल्झिनुभन्दा पालिका पालिकामा मेलमिलाप केन्द्र गठन र परिचालन गरि त्यस्ता विवाद(द्वन्द) समाधान गर्ने जिम्मा प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपाललाई दिनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्ने अधिकांश पालिका प्रमुखहरुले स्थानीय तहमा देखिएका द्वन्द रुपान्तरणमा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले खेलेको भूमिकाको सराहना गर्नुहुँदै आगामी दिनमा पनि अझ उल्लेख्य भूमिका खेल्न सकोस भन्दै शुभकामना दिनुभयो । उहाँहरुले द्वन्द रुपान्तरणमा केन्द्रसँग मिलेर काम गर्न आफूहरु तयार भएको बताउनुभयो ।
कार्यक्रममा जिसस उपसभापति जितेन्द्र कुमार महतो, कविलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव राय, हरिपूर्वा नगरपालिकाका प्रमुख विनोद कुमार साह, हरिवन नगरप्रमुख कमल बुढाथोकी, बलरा नगरपालिका प्रमुख रामाशंकर कुशवाहा, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्ण कुमार रायसहित अन्य गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका सहकर्ता गंगा विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन सहजकर्ता बिश्वकर्माले नै गनुभएको थियो भने केन्द्रकी अर्का सहजकर्ता अनिता दर्लामीले स्वागत मन्तब्य राख्नुभएको थियो ।