?????????????????????????????????????????????????????????
भाईरल पोष्ट, हरिवन ।। अर्जुन पन्त नेतृत्वको कमिटी नै आधिकारीक नगर कमिटी हो भन्दै नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज अच्यूतम काफ्लले जारी गर्नुभएको विज्ञप्तीको समानान्तर कमिटीले खण्डन गरेको छ ।
नेकपा माओवादी केन्द्र हरिवन नगर कमिटीको विवादलाई लिएर विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा नगर कमिटीको आधिकारीकतामै प्रश्न उठ्न थालेपछि केन्द्रीय पोलिट ब्यूरो सदस्य समेत रहनुभएका जिल्ला ईन्चार्ज अर्जुन पन्त नेतृत्वको कमिटी नै आधिकारीक नगर कमिटी भएको विज्ञप्ती मार्फत जानकारी दिनुभएको थियो ।
उहाँले देशैभरी वडा देखि गाउँ/नगर सम्मेलन गरी गाउँ/नगर कमिटिको नेतृत्व सम्मेलनद्वारा निर्वाचित गर्ने पार्टीको निर्देशन अनुसार हरिवन नगर पार्टिको सम्मेलन २०७८ मंसीर ११ गते भएको र सो सम्मेलनद्वारा निर्वाचित अर्जुन पन्त नेतृत्वको नगर कमिटी नै आधिाकारीक नगर पार्टी कमिटी भएको उल्लेख गर्नुभएको थियो ।
तर समानान्तर कमिटीले त्यसको ठाडै खण्डन गरेको छ । समानान्तर कमिटीका संयोजक फडिन्द्र अधिकारीले जिल्लाका २ जना सह–ईन्चार्ज र जिल्लामा उपलब्ध केन्द्रीय सदस्यहरुसँग सल्लाह नै नगरी एकलौटी ढंगले जिल्ला ईन्चार्ज काफ्लेको विज्ञप्ती आएकोले मान्य नहुने बताउनुभएको छ । उहाँले पार्टीको केन्द्रीय निर्वाचन आयोगले नै छानविन गरेर आधिकारीकताको विवाद टुंग्याउनु पर्ने बताउनुभयो ।
उहाँले भदौ १५ गते तोकिएकै समयमा नगर सम्मेलन हुने भन्दै कार्यकर्तालाई जिल्ला ईन्चार्जको विज्ञप्तीबाट भ्रममा नपर्न आग्रह गर्नुभयो ।