भाईरल पोष्ट, हरिवन ।। नेकपा माओवादी केन्द्र सर्लाहीका ईन्चार्ज अच्यूतम काफ्लेले माओवादी केन्द्र हरिवन नगर कमिटिको आधिकारीकताबारे आफ्नो धारणा बाहिर ल्याउनुभएको छ ।
केन्द्रीय पोलिट व्यूरो सदस्य समेत रहनुभएका सर्लाही इन्चार्ज काफ्लले एक विज्ञप्ती जारी गर्नुहुँदै अर्जुन पन्त नेतृत्वको कमिटी नै हरिवनमा पार्टीको आधिकारीक कमिटी भएको बताउनुभएको हो ।
हरिवन नगरकमिटीको विवाद चरम उत्कर्षमा पुगेपछि सर्वत्र चासो र चिन्ता व्यक्त भइरहेको थियो । आधिकारीक नगरकमिटी र समानान्तर नगरकमिटीले एक अर्कालाई पालैपालो कार्वाही गर्ने र आफू नै आधिकारीक नगरकमिटी रहेको दाबी गर्ने क्रम नरोकिएपछि जिल्ला इन्चार्ज काफ्लेले आफ्नो धारणा बाहिर ल्याउनुभएको छ ।
जिल्ला इन्जार्ज काफ्लेले एक विज्ञप्ती जारी गर्दै २०७८ मंसीर ११ गते भएको सम्मेलनबाट निर्वाचित अर्जुन पन्त नेतृत्वको कमिटी नै आधिकारीक नगरकमिटि भएको जानकारी दिनुभएको छ । माओवादी केन्द्र हरिवन नगरकमिटिबारे संचार माध्यम र समाजिक संजालमा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउनुहुँदै ईन्चार्ज काफ्लेले विज्ञप्तीमा भन्नुभएको छ, ‘देशैभरी वडा देखि गाउँ नगर सम्मेलन गरी गाउँ नगर कमिटिको नेतृत्व सम्मेलनद्वारा निर्वाचित गर्ने निर्देशन अनुसार यस हरिवन नगर पार्टिको सम्मेलन २०७८ मंसीर ११ गते भएको सो सम्मेलनद्वारा निर्वाचित क.अर्जुन पन्त नेतृत्वको नगर कमिटी नै आधिाकारीक पार्टी कमिटी भएको सर्वविदितै छ ।’
उहाँले पार्टीको नगरकमिटीमा विवाद भनेर नेतृत्वबारे भ्रम सिर्जना हुने गरी सामाजिक सञ्जाल तथा संचारमाध्यमहरुमा प्रकाशित समाचार कपोकल्पित र भ्रामक रहेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
उहाँले आफूलाई आधिकारीक दाबी गर्ने समानान्तर कमिटीलाई पार्टीको लेटरप्याड र छाप अनधिकृत रुपमा प्रयोग नर्गन समेत अनुरोध गर्नुभएको छ । उहाँले अर्जुन पन्त नेतृत्वको टीम नै आधिकारीक नगरकमिटी भएकोले भ्रममा नपर्न समेत सम्बन्धित सबैलाई आव्हान गर्नुभएको छ ।