भाईरल पोष्ट, हरिपूर्वा ।। माण्डवी नामक संस्थाले निर्वाचित महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ ।
सि लिड्स परियोजना अन्तर्गत सो परियोजनाले हरिपूर्वा नगरपालिकाका उपमेयरसहितका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई ४ दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
मधेश प्रदेशको ५ ओटा जिल्लाका २८ पालिकामा महिलालाई कुशल नेतृत्व गर्न सक्षम बनाउने उदेश्यले काम गरिरहेको माण्डवीले सर्लाही जिल्लामा भने हरिपूर्वासहित हरिवन, वागमती, बरहथवा र कविलासी नगरपालिकामा काम गरिरहेको छ ।
सि लिड्स कार्यक्रम अन्तर्गत यहाँका महिला जनप्रतिनिधिहरुलाई नेतृत्व कार्यक्रम अन्तर्गत साउन १२ गते देखि १५ गते सम्म ४ दिनसम्म प्रशिक्षण दिन सुरु गरिएको परियोजनाका सर्लाही संयोजक मनिल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रशिक्षणमा हरिपूर्वा नगरपालिकाका उपमेयर सुमिन्त्रादेवी ग्वारनीसहित १९ जना महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । प्रशिक्षण पछि उहाँहरु कुशल नेतृत्व प्रदान गर्न सक्षम हुने संस्थाकी कर्मचारी गुन्जा साहले बताउनुभयो ।