भाईरल पोष्ट, धनुषा ।। बहुजन एकता पार्टी नेपालले धनुषाको हंसपुर नगरपालिकाको वडा नम्बर ५ र ८ मा शनिवार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
आगामी संघ र प्रदेश निर्वाचनलाई लक्षित गर्दै सो पार्टीले सुरु गरेको बहुजन स्वाभिमान यात्रा अन्तर्गत अहिले धनुषा जिल्लाका विभिन्न पालिकाका वडाहरुमा पार्टीले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । शुक्रबार धनुषाधाम नगरपालिकाको १ र ५ नम्बर वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको सो पार्टीले शनिवार(आज) हंसरपुर नगरपालिकाको वडा नम्बर ५ र ८ मा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
सो नगरपालिकाको वडा नम्बर ५ को सुगानिकासमा स्थानीय बद्री मुखियाको अध्यक्षता तथा बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता एवम् राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको छ । त्यस्तै राष्ट्रिय संगठन प्रभारी पासवानकै प्रमुख आतिथ्यतामा वडा नम्बर ८ को स्थानीय राजकुमार दासको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम भएको नेता पासवानले बताउनुभयो ।
पार्टीको नीति, सिद्धान्त, रणनीतिका बारेमा जानकारी दिइएको प्रशिक्षण कार्यक्रममा बहुजन बिचार धारा समता, स्वतन्त्रता, भाइचारा बन्धुत्वसहित बहुजन बन्चित समाजलाई शासक बन्न हरेक टोलटोल, गाउँगाउँ र वस्तीवस्तीमा बिचार पु¥याउन आफूहरु लागि परेको कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । वक्ताहरुले बन्चित समाजको हक अधिकार सुनिश्चित नहुँदासम्म बहुजन एकता पार्टी नेपाल अधिकारको लडाईबाट पछि नहट्ने भन्दै वक्ताहरुले शोषित पीडित, सीमान्तकृत, पछीपारिएका समुदायको अधिकार स्थापित गर्नकै लागि बहुजन एकता पार्टीको जन्म भएको बताउनुभएको छ ।
दुबै वडामा भएको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय संगठन प्रभारी राजाराम पासवान, केन्द्रीय सह–महासचिव दुर्गा बि क, महिला नेत्री प्रमिला सदा, बुधनीदेबि राम, केशर मुखिया, झगरु सदा, गुलटेन सदा लगायतकाले पार्टीको नीति, सिद्धान्त, रणनीतिका बारेमा बोल्नुभएको सो पार्टीले जनाएको छ ।