सोम दियाली, हरिवन ।। नेकपा माओवादी केन्द्र हरिवन नगरकमिटीले सचिावय सदस्य फडिन्द्र अधिकारीलाई कार्वाही गरेको छ । समानान्तर नगरकमिटी गठन गरी पार्टीको नीति र सिद्धान्त विपरीत क्रियाकलाप गरेको भन्दै अधिकारीलाई कार्वाही गरिएको नगरकमिटी अध्यक्ष अर्जुन पन्तले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।
अध्यक्ष पन्तले पार्टीको पदाधिकारी बैठक र १३ गते बसेको सचिवालयको विस्तारीत वैठकले पार्टीको विधान २०७८ को धारा ५६ अनुसार कार्वाही गरिएको विज्ञप्तीमा उल्लेख गुर्नुभएको छ ।
अधिकारीले साउन ४ गते हरिवन नगर कमिटिको लेटरप्याड र छाप प्रयोग गरी आफै संयोजक रहेको समिति निर्माण गरेको विभिन्न संचार माध्यम र सामाजिक संजालमा प्रचार प्रसार गरेपछि पार्टीको पोलिटव्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज अच्यूतम काफ्ले, केन्द्रीय सदस्य माया बल, जिल्ला संयोजक एवम् हरिवन नगरप्रमुख कमल बुढाथोकीको उपस्थितिमा साउन ५ गते हरिवनमा बैठक बसी साउन ७ गते सोल्टीमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने जनसभाको पूर्वसन्ध्यामा यस प्रकारको कार्य नगर्न र कथित समानान्तर कमिटी विघटन गरी आत्माआलोचनासहित ३ दिनभित्र स्पष्टीकरण माग्ने निर्णय भएको थियो ।
पार्टीले मागेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र समानान्तर कमिटि समेत विघटन नगरेपछि अधिकारीलाई एक वर्षको लागि नगर कमिटीबाट निस्कासन र पार्टी सदस्यता निलम्बन गरिएको माओवादी केन्द्र हरिवनले जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ,‘यो बीचमा सच्चिएर आफूले गरेको गल्तीलाई आत्मालोचना गरेमा पार्टीले पुनरविचार गर्ने र कार्वाही फुकुवा हुनसक्ने निर्णय भएको व्यहोरा जानकारी गराईन्छ ।’