साेम दियाली, किवलासी ।। सर्लाहीको कविलासी नगरपालिकाको विभिन्न नदीहरुमा बनाएका अस्थायी बाँधहरुकाे नगरप्रमुखले निरीक्षण गर्नुभएकाे छ ।
नगरपालिकाकाे झिम नदी, लखनदेही र स्थानीय ढङ्ग्रा खाेलामा निर्माण गरिएका बाँधहरुकाे नगरप्रमुख ब्रह्मदेव राय, उहाँका स्वकीय सचिव रामविनाेद राय लगायतले निरीक्षण गर्नुभएकाे हाे ।
असार सकिएर साउन लागि सक्दा पनि सर्लाहीमा पर्याप्त पानी परेकाे छैन । राेपाई गर्न पर्याप्त नपर्दा सर्लाहीका किसान चिन्तित भईरहेका बेला कविलासीमा भने नगरपालिकाकाे प्रयासमा स्थानीय खाेलाहरुमा अस्थायी बाँध बाँधेर किसानकाे खेतमा पानी पटाउने व्यवस्था मिलाईएकाे छ ।
पानी नपरेर राेपाई गर्न नपाएका किसानलाई नगरप्रमुख ब्रह्मदेब रायकै याेजनामा नगरपालिकाकै खर्चमा झिम नदी, लखनदेही नदी र स्थानीय ढंङ्ग्रा खाेलामा अस्थायी बाँध बाँधेर किसानकाे खेतसम्म पानी पटाउने व्यवस्था गरिएकाे नगरप्रमुखका स्वकीय सचिव रायले बताउनुभयाे । “तीनवटै खाेलामा गरी तीनवटा जेसिवि स्काभेटरले काम गरिरहेकाे छ । तीमध्ये एउटा नगरपालिकाले भाडामा लिएकाे हाे भने अन्य दुईअाेटा नगरप्रमुखले बागमती सिँचाई अायाेजनाबाट ल्याउनु भएकाे हाे”, स्वकीय सचिव रायले भन्नुभयाे,”अहिले धमाधम किसानकाे खेतखेतमा पानी पटिरहेकाेछ । किसानहरुले खुशि हुँदै धमाधम राेपाई गरिरहनु भएकाे छ ।”
निरीक्षण क्रममा अहिले सम्म अाधाभन्दा बढी किसानकाे खेतमा पानी पुगेकाे मेयर ब्रह्मदेव रायले बताउनुभयाे ।
“हामीले अस्थायी बाँधबाट नगरका झण्डै ५ हजार विगाहा खेतमा राेपाई हुने अनुमान गरेकाछाैं।”
बाँधहरुकाे निरीक्षण पछि मेयर रायले किसानहरुसँग भेटघाट समेत गर्नुभएको छ । उहाँले अाफुले किसानकाे खुसि र नगरकाे समृद्धि कै लागि काम गररहनुभएको बताउनुभयाे ।
मेयर रायकाे कामबाट किसानहरु खुशि भएका छन् ।
अस्थायी बाँध बाधेर पानी पटाउने काम ४ गतेदेखि नै निरन्तर भईरहेकाेछ ।