भाइरल पोष्ट, मलंगवा ।। सर्लाहीको पर्सा गाउँपालिकामा दाइजोका कारण एक युवतीको हत्या भएको आशंका गरिएको छ ।
पर्सा गाउँपालिका वडा नं.१ शितलपुर बस्ने बालदत्त भन्ने रमजेश कुमार रायले, रायको बुवा राम प्रताप राय र रायको भाइ राजु यादव गरी तीन जना मिलेर २० वर्षीया निशा यादवको हत्या गरेका हुन् । निशाको शव ४८ दिन पछि अभियुक्तहरुको आफ्नो घर देखि करिव ४ कि.मि.पूर्व उत्तर तर्फ रहेको आफ्नै २ कठ्ठा क्षेत्रफल खेतमा खाल्डो खनी पुरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनामा संलग्न श्रीमानसहित ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गत जेठ २३ गते महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ मगरथाना बस्ने निशाको वुवा कैलाश रायले जिल्ला प्रहरी कार्यालयमा छोरी खोजतलाश तथा विपक्षीहरुलाई आवश्यक कार्वाही गरी पाउँ भनी निवेदन दिएका थिए । निशाको वुवाले दिएको निवेदको भोलिपल्ट जेठ २४ गते निशाको ससुरा राम प्रतापले पनि जिल्ला प्रहरी कार्यालयमा बुहारी हराएकोले खोज तलास गरी पाउँ भनी निवेदन दिएका थिए ।
निवेदका अधारमा प्रविधियूक्त बिश्लेषण गर्ने क्रममा निशा यादवको घर परिवारको सदस्यहरु उपर शंका लागि निजको श्रीमान् रमजेश, ससुरा रामप्रताप र देवर राजु सँग घटनाको सम्बन्धमा बास्तविक बुझ्ने क्रममा निशाको हत्या गरेको स्विाकारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
शव पुरेको स्थलमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीषक प्रवीण पोखरेल समेतको अनुसन्धान टोली खटी गई निजहरुले देखाएको स्थान धान रोपेको खेतको आली छेउमा लम्बाई ५ फिट ३ ईन्च, चौडाई ४ फिट १ ईन्च र गहिराई ६ फिट २ ईन्च खाल्डो खन्दा जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको साडी तथा सडेगलेको अवस्थामा लाश फेला परेको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए । घटना के कारणले घटेको अहिले खुल्न सकेको छैन अनुसन्धान कार्य भैरहेको प्रहरी नायव उपरीक्षक यादवले बताए ।
मृतक निशाको १ वर्ष पहिला अन्दाजी २५ वर्षिय बालदत्त भन्ने रमजेशसँग मागी विवाह भएको थियो । विवाहको केहि महिना पछि छोरीलाई दाइजोको निहुँमा पटक पटक मानसिक तथा शाररीक यातना समेत दिएको मृतकको वुवा कैलाशले दावी गरे ।
‘मधेशी समाजमा छोरीको घर छुटाउदाँ बदनामी हुन्छ अर्को विवाह गर्न समस्या हुने भन्दै छोरीलाई सम्झाई बुझाई ज्वाइकै घरमा पठाए । पटक पटक विवाद हुदै जाँदा आज छोरीको सडेगलेको अवस्थामा शव फेला प¥यो ।’, निशाको वुवा कैशालस रुदै भने ।, ‘छोरी बिरामी पर्दा पनि छोरीको परिवारले औषधी गराउँदैन्थ्यो । छोरीको मृत्यु हुनु भन्दा पहिला केहि दिन अगाडी माइती सोनमा गाउँपालिका वडा नं. ६ मगरथाना आएकी थिइन् । छोरीलाई केहि दिन माइतीमै बस्न दिनु ज्वाइलाई भनेपछि ज्वाइले अर्को विवाह गर्छ भनी धम्क्याएका थिए ।’
ज्वाईले अर्को विहे गर्ने धम्की दिएपछि छोरीलाई घर पठाएको कैलाशले बताए । उनले जेठ २२ गते राती छोरीलाई कुटपिट गरी ज्वाई र छोरीको ससुरा र देवर मिलेर हत्या गरेको मृतककी बुवा कैलाशले बताए । ‘अव मेरो छोरी त फिर्ता आउँदैन तर दोषिलाई हदै सम्मको कार्वाही होस् ताकी अरुले पनि यस्तो घटना घटाउन नसकुन् ।’