भाइरल पोष्ट, महोत्तरी ।। बहुजन एकता पार्टी नेपालको केन्द्रिय समिति बैठक गौशलामा सम्पन्न भएको छ । पार्टी संगठनलाई मजबुत बनाउँदै अगामी प्रदेश एवं प्रतिनिधि सभाको चुनावमा पार्टीलाई राम्रो स्थान दिलाउन एवं बैचारिक संगठन बिस्तारको रणनीति बनाउन बैठक बसेको सो पार्टीले जनाएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन कुमार रन्जनको अध्यक्षतामा महोत्तरीको गौशला स्थित गौशाला पार्टी प्यालेशमा बसेको बैठकमा वरिष्ठ नेता राजाराम पासवान, उपाध्यक्ष सत्यनारायण राम, महासचिब सुरज मेहरा, बृहद्रथ कुशवाहा लगायतका केन्द्रिय सदस्य एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले बहुजन स्वाभिमान यात्रा मार्फत जनसम्पर्क कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा अन्य महत्वपूर्ण निर्णयहरु समेत गरिएको पार्टीको केन्द्रिय उप–महासचिव प्रकाश मेहराले जानकारी दिनुभयो ।