भाईरल पाेष्ट, हरिवन ।। नेकपा माअाेवादी केन्द्र हरिवनले समानान्तर नगर कमिटी बनाएको छ । अागामी भदाै १५ गते वृहत् नगर सम्मेलन गर्ने गरी फडिन्द्र अधिकारीकाे संयाेवकत्वमा ६५ सदस्यीय समानान्तर कमिटी गठन गरिएकाे एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराईएकाे छ ।
गएकाे वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि छानविन गरी कार्वाही गर्न अाफूहरुले नेतृत्वकाे ध्यानाकर्षण गराएकाे भएपनि सुनुवाई नभएकाे र नेतृत्वले उल्टै अन्तरघातीहरुकाे बचाउ र संरक्षण गरेकाेले समानान्तर कमिटी गठन गर्नु परेकाे विज्ञप्तिमा बताईएकाे छ । विज्ञप्तीमा भनिएकाे छ,”पार्टीको सिद्धान्त मालेमावाद भएपनि नगरमा सिद्धान्तलाई नै पाखा लगाएर ‘मैं हुँ वाद’ हावी भएकाे छ । स्थानीय तह निर्वाचनमा हरिवनमा मेयरसहित ४ /५ अाेटा वडा जित्ने निश्चित भएपनि पार्टी भित्रका लाल गद्दारहरुका कारण प्रमुख पद जिते पन ति वडा गुमाउनु परेकाे हाे । “
विज्ञप्तिमा चुनावमा गद्दार गर्ने र अन्तरघात गर्नेहरुकाे छानविन गर्न र नगरकमिटि पुनर्गठन गर्न अाफुहरुले माग गरे पनि सुनुवाई नभएको उल्लेख गरिएकाे छ । “हामीले अन्तरघातीहरुकाे छानविन गर्न माग गर्दा गद्दारहरुले उल्टै हामीमाथि गालिगलाैज र अभद्र व्यवहार भयाे । ” विज्ञप्तिमा अगाडि भनिएकाे छ, “अाफुहरुमाथि भएकाे अभद्र व्यवहार, गालिगलाैजकाे समेत छानविन गरी कार्वाही गर्न माग गर्दै जिम्मेवार नेताकाेमा जाँदा कार्वाही गर्नुकाे साटाे उल्दै गद्दारहरुकै बचाउ र संरक्षणमा लागेकाेले समानान्तर कमिटी गठन गरेर अघि बढ्नु परेकाे हाे ।”
विज्ञप्तिमा, अाफुहरुमाथि अन्याय हुदा न्या दिनुकाे साटाे गद्दारहरुकै संरक्षण गरेकाेमा धेरै दु:ख लागेकाे भन्दै पार्टीको सुद्धिकरणका लागि समानान्तर कमिटी गठन गर्न बाध्य भएकाे बताईएकाे छ ।