राजु तामाङ, हरिवन ।। सर्लाहीको हरिवनमा मंगलबारबाट ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
हरिवन नगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको तालिमको मंगलबार हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले उद्घाटन गर्नुभएको छ ।
सात दिन सम्म चल्ने तालिमको हरिवनस्थित सम्राट होटेलमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको थियो ।
लामो समयदेखि विभिन्न सञ्चारगृहमा काम गर्दै आएका र पत्रकारिता क्षेत्रलाई आफ्नो पेशा बनाई अगाडी बढ्न चाहेका नयाँ सञ्चारकर्मी तथा पत्रकारहरुलाई लक्षित गरी सुरु भएको तालिममा उनीहरूलाई थप सिर्जनशील र दक्ष बनाई आफ्नो क्षेत्रमा प्रभावकारी रुपमा काम गर्न सक्षम बनाउने आयोजकले उदेश्य राखेको छ । तालिममा सहभागि ४० जना मध्ये उत्कृष्ट हुने २५ जनालाई ४ दिने एड्भान्स तालिममा सहभागि गराईने आयोजकले बताएको छ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा हालका सल्लाहकार गोविन्द आचार्य र महासंघकै कार्यक्रम प्रबन्धक राम प्रसाद दाहालले तालिममा सहभागीहरुलाई मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिनुहुने आयोजकले बताएको छ ।