भाइरल पोष्ट, हरिपुर ।। बहुजन एकता पार्टी नेपालकले सर्लाहीको हरिपुर नगरपालिकामा तदर्थ समिति गठन गरेको छ ।
मंगलबार वडा नम्बर ८ स्थित हातिसारमा वडा नम्बर २ र ८ नम्बर वडाको संयुक्त भेलाले बहुजन एकता पार्टी नेपालको तदर्थ समिति गठन गरेको हो ।
बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानको प्रमुख आतिथ्यमा मञ्चित दास अध्यक्ष रहने गरि ३५ सदस्यीय तदर्थ कमिटी गठन गरिएको सो पार्टीले जनाएको छ ।
तदर्थ समितिको उपाध्यक्षमा फूल कुमारी बि क, सचिवमा फेकन दास, कोषाध्यक्षमा सीताराम परियार, सदस्यमा गज बहादुर नेपाली, राजो माझी लगायत चयन हुनुभएको छ ।
कार्यक्रममा बहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता पासवानले बहुजन बञ्चित, गरिब, मजदुर, किसानहरुको हक, अधिकार तथा परिवर्तनको लागी बहुजन एकता पार्टी नेपाल निर्माण भएको बताउनुभयो ।