प्रदीप कुमार दास, रौतहट ।। रौतहट जिल्लाको गौरमा अवस्थित सिया पार्टी प्यालेसको सभा हलमा वल्र्ड भिजन र निरन नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय अन्तर धार्मिक सञ्जालका अगुवाहरु र वल्र्ड भिजनका प्रतिनधिहरु लगायत विभिन्न धर्मका अगुवाहरुको सहभागिता र अन्य क्षेत्रमा काम गर्दै आएका धर्मगुरुहरुले समाजमा विद्यमान रहेका सामाजिक विकृतिहरूलाई न्यूनिकरण समबन्धि गरिरहेका कार्यहरुलाई अनुगमन तथा मूल्याङ्कन कार्य सम्पन्न भएको छ ।
आइतबार रौतहटको गौरमा एक समारोहका बिच वल्र्ड भिजन नेपाल र निरन नेपालका अगुवाहरुद्धारा कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस कार्यक्रममा वल्र्ड भिजन नेपालको कार्यक्रमका क्षेत्रीय सल्लाहकार सिंगापुरबाट आउनु भएका डेसमण्ड लिम र वल्र्ड भिजन नेपाल धर्म विकासका क्षेत्रीय निर्देशक अजित हाजराद्वारा विभिन्न मदरसा, विद्यालयहरू तथा क्लबहरुमा अनुगमन तथा मूल्याङ्कन कार्य सम्पन्न भएको हो ।
यस कार्यक्रमका अगुवहरुद्धारा गरिएका कार्यहरू प्रति संतुष्ट भएको र न्यूनीकरणमा सहयोग पुगेको मन्तव्य व्यक्त गर्नुभएको थियो । आउँदो दिनहरूमा यस कार्यक्रमका सहभागीहरुले यस्तै कार्य गर्दै जाने भएपछि केही न केही परिवर्तन हुने विश्वास व्यक्त गर्नुभएको थियो । साथै विभिन्न धर्मका अगुवा कार्यकर्ताहरु तथा धर्म गुरुहरू आफ्ना समाजमा विद्यमान रहेका विद्यमान समस्याहरू प्रति सचेत भई बाल विवाह, बाल श्रम,दाईजो प्रथा र महिला हिँसा विरुद्ध उठाएका कदमहरु प्रति खुशी भई धन्यबाद ज्ञापन गर्दै बधाई दिएका थिए ।
नेपालमा दलित, मुसहर, डोम, दुसाद र चमार समुदायमा शिक्षाको कमीले गर्दा बाल विवाह हुँदै आएको हुँदा विभिन्न समस्या झेल्नु परेको बारेमा धर्म गुरुहरुले समाजमा सम्झाउँदै बुझाउँदै आएको र यसमा कमी आएको हुँदा विभिन्न धर्मका अगुवा तथा धर्म गुरुहरू खुशी भई निरन नेपाल र वल्र्ड भिजन नेपालप्रति बधाई दिइएको थियो ।
रौतहट जिल्लाको निरन नेपालको जिल्ला अध्यक्ष अनिशुर रहमानले सबै धर्मका अगुवा तथा धर्म गुरुहरूलाई धन्यवाद दिएका थिए । त्यस्तै कार्यक्रममा मौलानाहरु, पण्डितहरु र पास्टरहरु लगायत बौद्ध भिक्षु ब्राह्मणहरुले समाजमा हुँदै आएको बाल विवाह न्यूनिकरण प्रति अति नै राम्रो भूमिका खेलेको पाइएको र मौलाना र पण्डितहरु बाल विवाह प्रति सचेत भई रोक्न सफल भएको कार्यक्रममा बताइएको छ । त्यस्ता परिवारमा विवाह हुन् न दिने पनि प्रतिबद्धता जनाएका थिए र केही समुदायमा सकारात्मक भूमिका खेलेको पनि दर्शाइएको थियो ।
वास्तवमा हाम्रो समाजलाई सुधार गरी विकास क्षेत्र तर्फ लगिने यस संस्थाहरु प्रति सबै गुरुहरू खुशी व्यक्त गरेका थिए । यस्ता कामहरु प्रति सन्तुष्टि जनाउँदै आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरु गरी समाजलाई सकारात्मक दिशा तर्फ डोर्याउने र सुधारमा ल्याउने वल्र्ड भिजन नेपाल र निरन नेपालका वरिष्ठ प्रतिनिधिहरूले प्रतिबध्दता जनाएका छन् ।
कार्यक्रममा डब्लु भी आई का तेजेन्द्र बुढा, निरन नेपालका प्रशिक्षक नहिदा बनु, मधेश प्रदेशका कार्यक्रम अधिकृत आशिष थारु र शिलादीप अनलाइन खबर प्रालिका संस्थापक÷अध्यक्ष तथा पत्रकार प्रदीप कुमार दास लगायत विभिन्न बाल क्लबका छात्र–छात्रा हरुको सहभागिता रहेको थियो ।