भाइरल पोष्ट, चन्द्रनगर ।। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा व्यवसायीक माछा ब्लक विकास गर्न ७६ लाख मूल्य बराबरको कृषि सामग्री वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आइतबार एक कार्यक्रमको आयोजना गरी त्यहाँका माछापालक किसानलाई सो मूल्य बराबरको कृषि सामाग्री वितरण गरिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष गितादेवी महतोको अध्यक्षतामा भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र सर्लाहीले सेक्सन पाईप १ हजार ९० फिट, डेलीभरी पाईप २ हजार किलोग्राम, समरसियल मोटर ४ ईन्चको ६ थान, वाटर मोटर पम्पीसेट ३४ थान, तार १० एमएमको १३ हजार मिटर, वाटर मोटर ६० पिस, पानी तान्ने मोटर १९६ पिस गरि ७६ लाखको केषि सामाग्री नाढीताल कृषक समूहका अध्यक्ष लोकेन्द्र मुखियाले जानकारी दिनुभयो ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका प्रमुख शंकर साहले चन्द्रनगरमा माछा ब्लक सञ्चालन गर्न केन्द्रको तर्फबाट ३८ लाख र किसानको तर्फबाट ३८ लाखको गरी ७६ लाखको मत्स्य उत्पादन सामाग्री वितरण गरिएको बताउनुभयो । ‘अघिल्लो वर्ष चन्द्रनगरमा गाई ब्लक सञ्चालनका लागि ८० लाख बजेट आएको थियो । तर त्यो बजेट त्यतिकै फ्रिज भएर गयो । यस पटक पनि झण्डै झण्डै माछा ब्लकका बजेट फ्रिज हुने अवस्थाबाट हामीले बचाउन सकेका छौं’, केन्द्रका प्रमुख साहले भन्नुभयो, अब माछा ब्लकका लागि आगामी दुई आर्थिक वर्षसम्म निरन्तर बजेट आउने छ ।’
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भेटेनरी अस्पताल तथा पशुसेव विज्ञ केन्द्रले उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले विशेष गरी केन्द्रका प्रमुख शंकर साहले कार्यालय हाजिर भएको दुई महिनामै उदाहरणीय काम गर्न सकेको बताउनुभयो । उहाँले किसानको बजेट किसानसम्म पुग्दा आफूलाई धेरै खुशि लागेको प्रजिअ गौतमले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हामी कृषि प्रधान देश भन्छौ तर सबै कृषिजन्य बस्तु आयात गर्छौ । भुमीको व्यवस्थापन भएन र कृषि व्यवसायीक नभएर अहिले हामी आयातकै भर परिरहेका छौ’, प्रजिअ गौतमले भन्नुभयो ।
त्यस्तै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले व्यवसायिक माछा पालनमा चन्द्रनगर पकेटबाट ब्लकमा वृद्धि भएकोमा एकदम खुसी लागेको बताउनुभयो । चन्द्रनगर गाउँपालिकामा जतिको माछा पालन मधेश प्रदेशको कुनै जिल्लामा नहुने अध्यक्ष महतोले बताउनुभयो । ‘चन्द्रनगरमा लगभग २ सय भन्दा बढी पोखरी छ । यो पालिकामा पोखरी व्यवस्थापन तथा पोखरीबाट उत्पन्न समस्या समाधानका लागि हामी कानुन बनाउन गईरहेका छौं । माछामा पहिला शुद्धता थियो । तर अहिले आएर विभिन्न औषधीका कारण समस्या भएको छ ।’, गापा अध्यक्ष महतोले भन्नुभयो,‘माछा व्यवसायीलाई अर्गानिक बनाउनु आजको आवश्यकता हो । हामीले अर्गानिक माछा उत्पादन गर्न सक्यौ भने देशका विभिन्न ठाउँमा माछा निर्यात हुने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।
कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष राम स्वरुप राउत ,वडा नं ३ का वडा अध्यक्ष सिताराम महतो, समाजसेवी महावीर महतोलगायत स्थानीय किसानहरूको उपस्थिति रहेको स्थानीय नवल नेपालले जानकारी दिनुभयो ।