भाइरल पोष्ट,पर्सा ।। पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ४ सय ४९ बोतल विनिसिरेक्स कफ सेरूप सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय उमेश बल र २२ वर्षीय राज कुमार सेङताङ रहेका छन् । ना.५ ख ३९९० नम्बरको बस चाँच गर्नेक्रममा बसका चालक उमेश र सहचालक राज कुमारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।