भाइरल पोष्ट,काठमाडौं ।। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।
काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरूसँग राय मागेका छन । ‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसवारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उद्यृत गर्दै एक नेताले भने। उनका अनुसार सो बिषयमा बालकोटस्थित ओली निवासमा दुई नेता बिच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो भनि खुलाएका छैनन ।
लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विद्यमान मस्यौदा संशोधनसहित पारित गर्ने, ५ सय १ सदस्यीय केन्द्रिय समितिलाई पूर्णता दिने, संगठन सुदृढीकरण देखी आगामी निर्वाचनको तयारीसम्मका विषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रिय कार्यकारिणी बैठक जारी छ ।