भाईरल पोष्ट, हरिपूर्वा ।। सर्लाहीको हरिपूर्वा नगरपालिकामा असार १५ अर्थात राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ ।


नगरप्रमुख मेयर विनोद कुमार साहसहितका जनप्रतिनिधिहरुको उपस्थितिमा १९औं धान दिवस मनाइएको हो ।
धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने राष्ट्रिय नाराका साथ नगरपालिकाको कृषि शाखाले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा मेयर साहसहितका जनप्रतिनिधिहरुले किसानहरुसँगै धान रोपेर र दहीचिउरा खाएर दिवस मनाउनुभएको हो ।

नगर कृषि शाखाले वडा नम्बर ५ मा आयोजना गरेको कार्यक्रममा मेयर साहसहित विभिन्न वडाका वडाअध्यक्ष तथा नगरका कर्मचारीहरु पुग्नु भएको थियो । उहाँले किसानकै विचमा बसेर धान दिवस मनाउन पाउँदा खुशि लागेको बताउनुभयो ।
