भाइरल पोष्ट, लालबन्दी ।। सर्लाहीको लालबन्दीमा चलिरहेको १ महिने निशुल्क आँखा शिबिरमा मंगलवार २ हजार बढि बालबालीकाकोे आँखा जाँच गरिएको छ ।
किवानिज क्लव अफ निलगिरिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि श्री जानकी आँखा अस्पताल जनकपुरको प्राबिधिक सहयोगमा भईरहेको शिबिरमा लालबन्दीको ४ ओटा स्कुलका २ हजार ५० जना बालबालीकाको आँखा जाँच तथा उपचार गरिएको हो ।
क्लवका कार्यक्रम संयोजक राजकुमार न्यौपानेका अनुसार वडा नम्बर १२ मा रहेको नारायण माबि जियाजोर, वडा नम्बर १३ को कुशेश्वर आधारभुत माध्यमिक बिद्यालय, राजदेबि र पिसजोन बोर्डिङ स्कुलका बालबालीकाको आँखा जाँच गरिएको हो । शिबिरमा चस्मासहितको सम्पुर्ण आँखा उपचार निशुल्क हुँदै आएको छ ।
म्याग्दि जिल्ला र सर्लाही जिल्लामा गरि ८० हजार बालबालीकाको निशुल्क आँखा उपचार गर्ने गरि सुरु गरिएको शिबिर सर्लाहीको लालबन्दी, ईश्वरपुर र हरिपुरमा हुने छ । शिबिरमा सबै सामुदायिक तथा निजि बिद्यालयहरुका ५ बर्ष देखि १८ बर्ष उमेरसम्मका बालबालिकाहरुको आँखाको निशुल्क उपचार गरिने क्लवका संस्थापक अध्यक्ष भरत ढुंगेलले बताउनुभयो ।
प्रत्येक बिद्यालय र प्रत्येक वडाका वडाध्यक्षसँगको समन्वयमा शिबिर संचालन हुने हुँदा आफ्नो वा आसपासका बालबालीकाको आँखा उपचारमा सहयोग पु¥याईदिनुहुन अध्यक्ष ढुंगेलले अनुरोधसमेत गर्नुभयो ।