भाईरल पोष्ट, हरिपूर्वा ।। स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर सर्लाहीको हरिपूर्वा नगरपालिका आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याएको छ ।
शुक्रबार भएको नगरपालिकाको दशौं नगरसभा मार्फत नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ५७ करोड बढीको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो ।
नगरप्रमुख मेयर विनोद कुमार साहको अध्यक्षतामा भएको नगरसभामा आर्थिक वर्ष आगामी आर्थिक वर्षको लागि कुल ५७ करोड १९ लालख २८ हजार रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुहुँदै नगरप्रमुख साहले नीति, कार्यक्रम तथा बजेटमा हरिपूर्वाको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
प्रस्तुत बजेटमा स–शर्ततर्फ १६ करोड ८१ लाख रुपैयाँ र निःशर्ततर्फ ४० करोड ३८ लाख २८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रममा वित्तिय समान्यिकरण तर्फ १२ करोड ५१ करोड, चालु प्रशासन खर्चतर्फ ७ करोड ४०लाख, समाजिक सुरक्षा भत्तातर्फ १४ करोड बजेट विनियोजन भएको छ । त्यसैगरी केन्द्रिय सःर्शत अनुदान तराइमधेश समृद्धी तथा प्रधानमन्त्री रोजगारका लागि १६करोड ८१ लाख बजेट विनियोजन भएको छ भने केन्द्रिय बिशेष अनुदानतर्फ २० करोड, प्रदेश स–शर्त अनुदानमा ८० खाल, प्रदेश समानिकरण अनुदानमा ८० लाख २८ हजार बजेट विनियोजन भएको नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारले जानकारी दिनुभयो ।
नगरसभामा बिशिष्ट अथिति पुर्वमेयर सियाराम राय, जिल्ला समन्वय समिती सदस्य रामशिला यादव, समाजसेवी दुखा राय, प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बक्ताहरुले नगरपालिकाले प्रस्तुत गरेको निती तथा कार्यक्रम अत्यन्तै राम्रो रहेको धारणा राख्नु भएको थियो ।