भाइरल पोष्ट,सर्लाही ।। सर्लाहीको कबिलासी न.पा. वडा नं. ८ अगर्वा स्थित अर्गवा चौकबाट पश्चिम सलेमपुर नहर तर्फ जाने कच्ची सडक बाटो नजिक रहेको कुलोमा सोही ठाउँ बस्ने राम केवल ठाकुरको छोरा अमरेन्द्र ठाकुरको घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा मंगलवार बिहान लाश फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा नेपाल प्रहरीको प्राप्त त्चबअपष्लन म्यन (कुकुर) को प्रयोग गरी उक्त घटनास्थलको अवलोकन, घटनास्थल वरपरका स्थानीय मानिसहरु तथा घटना थाँहा पाउने मानिसहरुसँग बास्तविक बुझ्ने तथा प्रविधियूक्त बिश्लेषण गर्दा घटनामा संलग्न देखिएका मृतकको सहोदर भाई कविलासी न.पा. ८ अर्गवा बस्ने अमरकान्त ठाकुर र सोही ठाउँ बस्ने रुपेश कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ तथा थप अनुसन्धान गर्दा असार ६ गते बेलुका अमरेन्द्र ठाकुर र उनका सहोदर भाई अमरकान्त ठाकुर बीच बाद–बिवाद भएको बिषयलाई लिएर अमर कान्त ठाकुर र उनका साथी रुपेश कुमार चौधरी समेतले दाई अमरेन्द्र ठाकुरलाई मार्नु पर्छ भनि योजना बनाई रातको ९ बजेको समयमा दाइ अमरेन्द्र ठाकुरलाई खानपिनको व्यबस्था छ आउनु भनि बोलाएका थिए ।
अमरेन्द्र ठाकुर घटनास्थलमा आए पश्चात् एक्कासी ढुंङगा समेतले शरीरको बिभिन्न भागमा प्रहार गरी भुईमा लडाई घाँटी समेतमा धारिलो हतियार प्रहार गरी मारेर लाश सडक देखि उत्तर तर्फ सुख्खा कुलोमा फाली दिएको भनि अनुसन्धानमा खुल्न आएको र घटनामा संलग्न अमरकान्त ठाकुर र रुपेश कुमार चौधरी लाई ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता गरी सम्मानित सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।