भाइरल पोष्ट, नवलपुर ।। संगठन विस्तारको अभियानलाई तिब्रता दिएको बहुजन एकता पार्टी नेपालले सर्लाहीको लालबन्दी नगरपालिकामा ३५ सदस्यीय महिला संगठन गठन गरेको छ ।
सो पार्टिका वरिष्ठ नेता राजाराम पासवानको प्रमुख आतिथ्यतामा नवलपुरमा भएको भेलाले उर्मिला कुमारी नेपालीको अध्यक्षतामा ३५ सदस्यीय महिला संगठन गठन गरेको हो ।
नव गठित कमिटीको उपाध्यक्षमा शान्ता लामा, गोपी अधिकारी, दिलमाया राई, सचिवमा पुनम सार्की, कोषाध्यक्षमा माया मगर, सह–सचिवमा सिकिया महतो चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कन्दु नेपाल, जयकला यादव, निर्मला दास लगायत गरी ३५ जना चयन भएका छन् ।
त्यस्तै भेलाले पार्टीको भातृ संगठनको रुपमा बहुजन किसान संगठन समेत गठन गरेको छ । केशव चौलागाईको अध्यक्षतामा १५ सदस्यीय बहुजन किसान संघ गठन भएको सो पार्टीले जनाएको छ । संगठनको उपाध्यक्षमा नर बहादुर लुङ्गेली, सरोज पासवान, सचिवमा मीन बहादुर घिसिङ्ग, कोषाध्यक्षमा शिशेश्वर दास, सदस्यहरुमा,हरिचन्द्र पाख्रिन, बेनी राना मगर, महेश राम लगायत रहनुभएको छ ।