भाइरल पोष्ट, मलंगवा ।। ‘लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ सर्लाहीमा पनि अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । दिवसमा अवसरमा जिल्ला प्रहरी कार्यालय मलंगवाले विद्यार्थीहरुसंग अन्तरक्रिया तथा छलफल गरेको हो ।
सदरमुकाम मलंगवास्थित ज्ञानकुञ्ज आवाशिय माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ७० जना छात्रछात्रहरूसंग अन्तरक्रिया तथा छलफल गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा सोमवार बिहान भएको कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
प्रहरीले आईतबार पनि जिल्लाको विभिन्न गाउँटोलका लागूऔषध, मादक पदार्थ सेवनको लतमा लागी समाजबाट अपहेलित भएका २७ जना लागूऔषध सेवनकर्ताहरुसंग अन्तरक्रिया गरेको थियो ।
उनिहरूसंग लागूऔषध सेवनबाट व्यक्तिगत र समाजिक जिवनमा पर्ने प्रभाव र यसबाट जोगिन अपनाउनु पर्ने व्यवहारिक जिवनको यथार्थ बिषय–बस्तुको सेरोफेरोमा रही जनचेतना मुलक छलफल गरिएको जिल्ला प्रहरी कार्लालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।